
लण्डन। साहित्यकार रक्ष राईको नवीनतम् कथासङ्ग्रह ‘पल्टनेको फोटो’ सार्वजनिक गरिएको छ । बुधबार बागबजारस्थित सिटीम्याक्स सिनेमाघरमा नेपाली प्रतिभा प्रतिष्ठान, बेलायत र साङ्ग्रिला बुक्सद्वारा आयोजित एक समारोहमा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइँलाले उक्त सङ्ग्रह सार्वजनिक गरेका हुन् ।
कार्यक्रममा काइँलाले नेपाली भाषा, साहित्यको समृद्धिमा डायास्पोरामा रहेका स्रष्टाहरूको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै बेलायतमा बसेर साहित्य चिन्तन तथा लेखनमा क्रियाशील रहेका राईको कथासङ्ग्रह नेपाली कथासाहित्यका क्षेत्रमा कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे ।
निबन्धकार तथा समालोचक प्रा.डा. ज्ञानू पाण्डेले ‘पल्टनको फोटो’भित्रका कथाहरूमा विचार, दर्शन र चिन्तनको सङ्गम रहेकोे बताइन् । उनले आफूले राईका कथाहरूमा डायास्पोरिक तथा सैन्य साहित्य सम्बन्धी अग्र्यानिक स्वादको कथा पाएको सुनाइन् ।
कवि तथा समालोचक सुरेश हाचेकालीले नवचेतनाग्रह, डायास्पोरा साहित्यसिद्धान्त र युद्धसौन्दर्य चेतनाका सिद्धान्तकार तथा चिन्तक राईका कथाहरू तिनै सिद्धान्तमा आधारित रहेको चर्चा गरे । उनले राईको ‘पल्टनेको फोटो’ कथासङ्ग्रह उत्कृष्ट रहेको बताए ।
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतका आजीवन सदस्य तथा नेपाल संयोजक प्राज्ञ शशी लुमुम्बूको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कविहरू जसराज किराती, मदन राई ‘लामाखुले’ र टीका चाम्लिङले नेपाली साहित्यमा रक्ष राईको योगदानबारे चर्चा गरेका थिए ।
कार्यक्रममा कथाकार राईले आफ्नो साहित्य लेखनयात्रा र कथाका भावभूमिबारे प्रकाश पारेका थिए । साङ्ग्रिला बुक्सद्वारा प्रकाशित सङ्ग्रहभित्र सत्र वटा कथा रहेका छन् ।
खोटाङको बुइँपा पुख्र्यौली थातथलो भएका सेवा निवृत्त पूर्वब्रिटिस सैन्य राई बेलायतको वेल्समा बसेर साहित्य चिन्तन र सिर्जना कर्ममा समर्पित रहिआएका छन् ।
नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतका संस्थापक अध्यक्ष राई ‘नवचेतनाग्रह’, ‘डायास्पोरा सिद्धान्त’ र युद्धसौन्दर्य चिन्तन’का प्रर्वतक समेत हुन् । उनका यसअघि ‘शहीदकी आमाको लास’, ‘बालुवामा अर्को नेपाल’ (कथासङ्ग्रह), ‘देश दुःखेको छ’, ‘सालिक उभिएर गोर्खाली’ र ‘पोएट इन किलिङ जोन’ (अङ्ग्रेजी कवितासङ्ग्रह) प्रकाशित छन् ।
लन्डनमा लमजुङ समाज यूकेको १९औं वार्षिक साधारणसभा सम्पन्न
चलचित्र पत्रकार सङ्घ नेपालको अध्यक्षमा पुनः समीर बलामी निर्वाचित
पुन मगर समाज युकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा तुलचन्द्र तिलिजा पुन मगर
मलेसियाको बोर्नियोमा भीषण आगलागी, हजारौँ विस्थापित
बेलायतको साउथह्यारोमा नेपाली नयाँ वर्ष २०८३ भव्य रुपमा मनाइयो
एनआरएनए रुसद्वारा नयाँ वर्षका अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम सम्पन्न
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
नेपाल र हंगेरी: असन्तुष्टिले कसरी परिवर्तन ल्याउँछ?