लण्डन । सशस्त्र सेना सम्बन्धि ब्रिटिश राज्यमन्त्री मार्क लान्कस्टरले भूतपूर्व गोर्खाहरुको पेन्सन वृद्धि गरिएको घोषणा गरेका छन् । बेलायत सरकारले पेन्सनमा २.४ अर्ब रुपैयाँ (१५ मिलियन पाउण्ड) लगानी गरेको मन्त्री लान्कस्टरको घोषणामा उल्लेख छ । ब्यक्तिगत दर्जा हेरी १० देखि ३४ प्रतिशतसम्म वृद्धि गरिएको हो तर यो गोर्खाहरुले माग्दै आएको पेन्सनसँग मेल खाँदैन ।
यो घोषणाले भूतपूर्व गोर्खाहरु झन् आक्रोसित भएका छन् । हालै नेपाल गएर फर्किएका मन्त्रीले केही बिशेष घोषणा गर्ने आशा गोर्खाहरुलाई थियो । गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका निर्देशक गोर्खा अभियन्ता ज्ञानराज राईले भने – ‘बेलायतले झनै हेप्यो । उसको यो पेन्सन हाम्रो आन्दोलन चर्काउने खर्च मात्र हुनेछ ।’
बेलायतले भने नेपालमा यो पेन्सनले राम्रो जिविकोपार्जन हुने जिकिर गर्दै यसबाहेक आगामी दश वर्षमा गोर्खा वेलफेयर ट्रस्ट मार्फत नेपालमा रहेका गोर्खाहरुको स्वास्थ्यमा ३.६ अर्ब रुपैयाँ खर्च गर्ने बताएको छ ।
भूतपूर्व गोर्खा सैनिकहरुका मागहरु सम्बोधन गर्न ब्रिटिश सरकारबाट ७ मार्च २०१९ मा जारी गरिएको गोर्खा प्याकेजमा उल्लेख भएका विषयहरु –
१) भूतपूर्व गोर्खा सैनिकहरुलाई सन् २०१६ को १ जनवरीदेखि नै ३४ प्रतिशतसम्मका दरले पेन्सन वृद्धि गरी ‘गुडविल’ प्याकेजका रुपमा यो वृद्धि एकमुष्ट उपलव्ध गराउनको लागि ४६ मिलियन पाउण्ड व्यवस्था गरिएको छ ।
२) सन् २०१९ को १ अप्रिलदेखि ३४ प्रतिशतसम्मको पेन्सन वृद्धिको अलवा नेपालको मुद्रास्फिति अनुसार थप ३.७ प्रतिशत वृद्धि हुने र सो को लागि प्रतिवर्ष १५ मिलियन पाउण्ड छुटयाइएको ।
३) अहिलेको पेन्सन वृद्धिले सबैभन्दा कम पेन्सन पाउने भूतपूर्व गोर्खाले समेत वार्षिक रु ७ लाख ३० हजार पाउने ।
४) भूतपूर्व गोर्खा सैनिक र उनीहरुका परिवार लगायतलाई सहज तवरले औषधोपचारको व्यवस्था गर्न १० वर्षको अवधिमा नेपालका पाँच वटा शहरहरु दमक, धरान, पोखरा, बुटवल र काठमाडौंमा स्वास्थ्य केन्द्र स्थापना गर्ने र सो प्रयोजनको लागि थप २५ मिलियन पाउण्डको व्यवस्था गरिएको ।
५) यसअघि गोर्खा व्रिगेडमा ४ वर्षभन्दा कम अवधि सेवा गरी स्वास्थ्यको कारणले नेपाल फर्केकाहरुलाई समेत बेलायतमा आई बसोबास गर्न सक्ने व्यवस्थाको लागि आवश्यक कार्य अघि बढाइने ।
६) ८० वर्ष पुगेका भूतपूर्व गोर्खाहरुलाई पेन्सनमा विशेष वृद्धि गरिने ।
७) यस अघि गोर्खा पेन्सन बापतको रकम भारतको बैंक हुँदै नेपाल पठाउने व्यवस्था भएकोमा अबदेखि सिधै नेपालका बैकिङ सेवामार्फत पेन्सन रकम पठाइने व्यवस्था घोषणा गरिएको ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने