लण्डन- आफूले यूरोपेली यूनियन (इयू) सँग गरेको सम्झौतालाई अनुमोदन पनि नगर्ने र इयूबाट सम्झौताहिन बहिर्गमन गर्नुपर्ने सम्भावना देखिएमा ब्रेक्जिटलाई पछि सार्ने वा नसार्ने बिषयमा निर्णय लिन आफूले संसदको सहारा लिने प्रधानमन्त्री टेरेजा मेले मङ्गलबार बताउनुभएको छ ।
“यदि ती दुबै विकल्पहरू अस्वीकृत भएमा सरकारले आगामी मार्च १४ मा संसदमा धारा ५० अन्तर्गत तोकिएको बहिर्गमन प्रक्रियालाई छोटो तर निश्चित समयका लागि पर सार्न मतदानमार्फत सांसदहरूबाट अनुमति लिने निर्णय मेरो छ,” प्रधानमन्त्री मेले भन्नुभयो ।
उहाँले भन्नुभयो, “बहिर्गमन प्रक्रियामा हुने ढिलाई आगामी जुनसम्मका लागि पछि सार्नेबारे संसदमा छलफल गरिनेछ ।”
युरोपेली युनियन (ईयू) बाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) विषयमा यस साता संसद्मा हुने भनिएको मतदान केही पर सर्नसक्ने बेलायतकी प्रधानमन्त्री मेले दुई दिन पहिले बताउनुभएको थियो ।
प्रधानमन्त्री मेले इजिप्टमा हुने युरोपेली तथा अरब मुलुकका नेताहरूको सम्मेलनमा सहभागी हुन जाने क्रममा भन्नुभयो, “मतदानको दिन केही पर सर्ने सम्भावना भए पनि आगामी मार्च १२ सम्ममा संसद्मा मतदान गरिनेछ ।”
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभाग नेपालको प्रष्टोक्ति
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’
नेपाल निर्वाचन : समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कुन पार्टीलाई कति ?
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा