लन्डन । एभरग्रीन ग्रुप (इजीजी) बेजिङ्गस्टोकले शिव कल्चरल सेन्टरलाई मन्दिर निर्मार्णार्थ एक लाख रुपैयां प्रदान गरेको छ ।
सेन्टरले नेपालीहरुको घना बस्ती भएको अल्डरसटमा हालै एक सामुदायिक भवन खरिद गरि शिव मन्दिर बनाउन लागिरहंदा इजीजी बेजिङ्गस्टोकले उक्त सहयोग प्रदान गरेको हो ।
इजीजी सदस्यहरु मेजर खुशीमान गुरुङ्ग, इन्द्र( उर्मिला) गुरुङ्ग, ज्ञान गुरुङ्ग, मिठु गुरुङ्ग, सुधा गुरुङ्ग, सुशीला गुरुङ्ग, पुनम गुरुङ्ग र बल थापाले शिव कल्चरल सेन्टरका अध्यक्ष रोहित गुरुङ्ग र उनकी जीवनसंगिनी सुष्मा गुरुङ्गलाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।
सो ग्रुपले हालै अल्डरसटस्थित प्यालेस रेस्टुरेन्टमा भ्यालेन्टाइन च्यारिटी डिनर गरि रकम संकलन गरेको थियो । बेजिङ्गस्टोक निवासी १० जोडीहरुको समूह इजीजीले सन् २०१२ बाट नियमित भ्यालेन्टाइन च्यारिटी डिनर आयोजना गर्दै नेपालका विभिन्न संघ संस्थालाई सहयोग प्रदान गर्दै आएको छ । हालसम्म सो ग्रुपले दिलशोभा श्रेष्ठको आमाघर, मेनुका थापाको रक्षा नेपाल, लवप्रसाद बालगृह मुलपानी, बुंगमती अपांग सेवा संघ, नेप्लिज तेक्वान्दो एकेडेमी, बौद्ध अर्घौं सदन पोखरा, तमु प्रतिष्ठान, सहारा एकेडेमी पोखरा, एकल महिला संघ पोखरा, भूकम्प पीडित माया मगराती, धर्मकाया बुद्ध मन्डला पोखरा, मुसहर वस्ती निर्माणार्थ रवि लामिछाने, राधा पौडेल फाउन्डेशन, तेक्वान्दो खेलाडी विवेक श्रेष्ठ र चार भन्ज्याङ्ग समाजलाई २५ लाख रुपैयां भन्दा बढि रकम सहयोग प्रदान गरिसकेको छ ।
यस पटक उक्त ग्रुपले कुडहर आधारभूत विद्यालय, पोखराको दृष्टिविहीन शाखा र जावलाखेलस्थित श्रीनेहा पोखरेलद्वारा सञ्चालित नेपाल स्नेही काखलाई सहयोग गर्ने बताएको छ ।
इजीजीका दश जोडीमा मेजर खुशीमान/इन्द्र (उर्मिला) गुरुङ्ग, ज्ञान/मिठु गुरुङ्ग, बल/सुनिता गुरुङ्ग, क्याप्टेन इन्द्र/सुशिला गुरुङ्ग, क्याप्टेन अशोक/रमन सेन, विजय/चन्द्र गुरुङ्ग, मैतसिङ्ग/ज्योती गुरुङ्ग, कमल/पुनम गुरुङ्ग, अर्जुन/सुनिता लम्साल र लालप्रसाद गुरुङ्ग बिइएम/सुधा गुरुङ्ग छन् ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार