राजेश र ममताको बीचमा एक्कासी फाटो आएको खुब हल्ला चल्यो । ममताले उसका सबै साथीहरुलाई भनिछ, ‘राजेश पागल हो । आजकल उ मलाई अति नै गर्छ । त्यसैले अहिले म उसंगको यो सम्बन्धबाट टाढा हुँदैछु र नयाँ प्रकारले जीवन बाँच्ने सोचेको छु ।’
म छक्क परें । मेरो लागि ममता र राजेश दुवै उत्तिकै मिल्ने साथीहरु हुन् । मलाई लाग्थ्यो दुवैको अतीत र वर्तमानको म एक्लो साक्षी थिएँ र हुँ पनि । हामी तिनै जना स्कुल जीवनदेखि कलेजको उत्तरार्ध अर्थात मास्टर्स पढ्दासम्म संगै छौं ।
हामी तिनै जना मिल्ने साथी भएपनि राजेश र ममता अलि फरक थिए । उनीहरु एक अर्कोलाई मन पराउँथे । अर्थात, ब्वाईफ्रेन्ड र गर्लफ्रेन्डको रुपमा एक अर्कोलाई हेर्थे, बुझ्थे र त्यस्तै ब्यबहार पनि गर्थे । यो कुरा हाम्रो समूहमा लुकेको थिएन ।
यी दुईको माया प्रिती धेरै जनाको लागि उदाहरण थियो । एकार्कोलाई माया गर्थे र सबै कुरामा सहयोग गर्थे । उनीहरु बीच अगाध माया, प्रेम र विस्वास थियो । एक अर्काको भावनाको कदर गर्थे र एक आपसमा आदर पनि । दुईको बिचमा कुनै कुरा लुक्दैनथ्यो । कतिसम्म भने एक अर्कोको मोबाइल निर्वाध हेर्थे र चलाउँथे ।
मैले राजेशलाई सम्पर्क गरें । उसले कुनै प्रतिक्रिया दिएन । केवल यति भन्यो, ‘जे सोध्नु छ उसैलाई सोध्नु ।’
अनि ममतालाई पनि सम्पर्क गरें, उसले पनि मलाई त्यही कुरा गरी, जुन अरु साथीहरुलाई सुनाएकी थिई । यी दुईबाट कुरा बुझ्ने प्रयत्न सफल भएन । किनकि यी दुवै जनाबाट केही कुरा खुस्केन ।
म छक्क परें । किन यस्तो भयो ? यी दुईको बिचमा किन यस्तो खाडल भयो ? थप कुरा बुझ्ने जमर्को गरें । मैले हाम्रै समूहका अरु मित्रहरुलाई पनि सम्पर्क गरें । सबैबाट उस्तै कुरा आयो । आजकल यी दुईको बीच फाटो आएको छ ।
मलाई नरमाइलो लाग्यो । मेरो मनमा धेरै कुराहरु खेले । मैले सोचें, यो भाग्यको खेल हो । लेखेको मात्रै हुन्छ, देखेको हुँदैन । हुन सक्छ, जे हुन्छ ठिकै हुन्छ । आदि, इत्यादि कुराहरु खेले । मनमनै दुवैलाई सान्त्वना दिएँ ।
करिब एक हप्ता पछिको कुरा हो । मेरो घरमा एउटा खाम आएको रहेछ । हतारमा खोलें र पढें । ममता र राजेशको विवाहको निमन्त्रणा कार्ड आएको रहेछ ।
पहिला ममतालाई फोन गरें । उसले भनि, ‘ बेवकुफ ! मैले साथीहरुलाई जे भनेको थिएँ, ठिकै भनेको थिएँ । राजेश र म एक अर्कोको मायामा अति नै पागल भयौ । त्यसैले हामी दुवैले नयाँ प्रकारले जीवन बाँच्ने सोच्यौं । हाम्रो सम्बन्धलाई थप उचाई दिने सोचेर हामी प्रेमी प्रेमिकाबाट जीवन साथी बन्दैछौ । अनि हाम्रो विवाहको तयारीको लागि एक एर्कोलाई समय दिने मौका कहाँ मिल्यो र ?’
राजेशलाई फोन गरें । उसले भन्यो, ‘ मित्र, सस्पेन्समा त छ मज्जा ।’ म दिल खोलेर हाँसे ।
उफ म पनि ! बल्ल यी दुईको पागलपनलाई बुझें । म पनि यिनीहरुको चिन्ताले झन्डै पागल भएको । पागलपनमा कुरा बुझे पनि पागल, नबुझे पनि पागल । राजेश र ममता दुवैलाई बधाई र शुभकामना ।
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल