लन्डन । बेलायती रक्षा राज्यमन्त्री मार्क ल्यानकास्टर मंगलबार सांझ नेपाल प्रस्थान गर्ने तय भएको छ । भूतपूर्व गोर्खा समस्या समाधानको ‘प्याकेज’ लिएर उनी नेपाल जान लागेका हुन् । ब्रेक्जिट व्यस्तताले गर्दा उनी काठमाडौंमा तीन दिनमात्र रहने लन्डनस्थित नेपाली दूतावास श्रोतले जनाएको छ ।
गोर्खा एजेन्डा एवं बेलायत नेपाल सम्वन्ध अभिवृद्धिका लागि हुन लागेको उनको भ्रमणलाई विशेष महत्वका साथ हेरिएको छ । एक जमाना गोर्खा ब्रिगेडमा समेत कार्यरत ल्यानकास्टरले लामो समयदेखि गोर्खा मुद्दा हेर्दै आएका छन् ।
नेपाल भ्रमणका सिलसिलामा उनले राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री लगायत राजनीतिज्ञहरुसंग भेटघाट गर्ने कार्यक्रम छ ।
बेलायत र नेपाल सरकार एवं भूपू गोर्खा प्रतिनिधिबीच गठित प्राविधिक समितिले कयौं वार्तापछि दुवै सरकारलाई प्रतिवेदन बुझाएको झण्डै वर्ष दिन हुंदा समेत केही प्रगति नभएकोमा भूपू गोर्खाहरुले असन्तुष्टि जनाउंदै आएका छन् । गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले आफ्ना माग वेवास्ता गरिए पुनः आन्दोलन गर्ने चेतावनी दिइसकेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते