लन्डन । विश्वका ८ हजार उचाईं माथिका सबै १४ अग्ला हिमाल आरोहण गर्न लागेका निर्मल पूर्जालाई ए स्टार फाइनान्सियल सोलुसन्स् यूकेले आर्थिक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । उक्त कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत पूर्जालाई सहयोग गर्न लागेको ए स्टार फाइनान्सियल सोलुसन्स् यूकेका इन्डिपेन्डेन्ट फाइनान्सियल एड्भाइजर मिन दर्लामीले बताए । ए स्टारले पूर्जाको अभियान जारी भएसम्म प्रत्येक एक मोर्गेज डिलबाट दश पाउण्डका दरले दिने दर्लामीले जनाए ।
पूर्जा यसै वर्ष सन् २०१९ को ७ महिनाभित्र ८ हजार मिटर उचाईंका सबै १४ हिमाल चढ्ने महत्वकांक्षी योजनामा छन् । पूर्जाको यो महत्वकांक्षी प्रोजेक्ट एकदम खर्चिलो छ । उनलाई यो प्रोजेक्ट सम्पन्न गर्न कम्तीमा ७ लाख ५० हजार पाउण्ड आवश्यक हुने बताइएको छ ।
‘पूर्जा नेपाल र सबै नेपालीको गर्व र प्रतिष्ठा हुन् । उनको अभियानमा थोरै भएपनि साथ दिने हाम्रो प्रयास हो’- दर्लामीले भने । दर्लामीले अन्य संघसंस्थालाई पनि पूर्जाको अभियानमा सहयोग गर्न आग्रह गरेका छन् ।
सन् २०१२ मा स्थापित ए स्टारले त्यसयता आफ्नो क्षमता अनुसार विभिन्न संघसंस्थालाई आर्थिक सहयोग गर्दै आएको छ । गत वर्षमात्र ए स्टारले करिब तीन दर्जन संघसंस्थालाई सहयोग गरेको कम्पनीले जनाएको छ ।
पूर्जाको अभियानलाई एनआरएनए यूकेसहित अन्य संघसंस्थाले पनि सहयोग जुटाउन थालेका छन् । उनलाई ‘गोफण्डमी’ पेजमार्फत आर्थिक सहयोग गर्न सकिन्छ ।
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
ट्रम्पको घोषणाः भेनेजुएलाबाट करोडौँ ब्यारेल तेल बजारमा
प्रतिवेदन भन्छ – ‘करीव ७० लाख अष्ट्रेलियालीहरू घातक जङ्गली आगोको जोखिममा रहेको क्षेत्रमा बस्छन्’
साझा नेपाली समाज यूकेको अध्यक्षमा नारायण फुँयाल चयन
थारु कल्याणकारिणी सभा यूकेले दोस्रो माघी महोत्सव मनाउने
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
एकीकरण भयो राप्रपा र राप्रपा नेपाल
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार