काठमाडौँ, २९ माघ – गरीबी निवारण कोषले गरीबी न्यूनीकरणका कार्यक्रम सञ्चालन नगर्ने भएपछि सरकारले सातै प्रदेशमा गरीब लक्षित कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
कोषले गरीब वर्गका लागि विभिन्न परियोजनामार्फत करीब रु ३२ अर्ब रकम खर्च गरेको भए पनि त्यसको प्रभाव सम्बन्धित समुदायमा नदेखिएपछि विभिन्न प्रदेशको सम्भाव्यता अध्ययन गरी कृषि, पशुपालन, हस्तकला, सिलाइबुनाइलगायत कार्यक्रमलाई व्यावसायिकरुपमा अगाडि बढाउन लागिएको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयद्वारा यहाँ आज आयोजित विज्ञसँगको छलफलमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष, सामाजिक सङ्घसंस्थाका प्रतिनिधि, सरोकार पक्ष तथा विज्ञ समूहले गरीबी न्यूनीकरणका लागि सरकारी तथा गैर सरकारी क्षेत्रबाट भइरहेका विभिन्न कार्यक्रममा समन्वयको अभावले एकीकृतरुपमा आउन नसकेकाले लक्षित वर्गसम्म नपुगेकामा चिन्ता व्यक्त गर्नुभएको छ ।
मन्त्री पद्ममाकुमारी अर्यालले गरीब समुदायलाई सामाजिकरुपमा बहिष्कृत गरिएकाले समावेशी÷समानुपातिक कार्यक्रम व्यवस्थितरुपमा सञ्चालन गर्नुपर्ने बताउनुभयो । उहाँले उनीहरुको शिक्षा, स्वास्थ्य, रोजगारी, विमालगायत विषयमा सहुलियत दिन सम्बन्धित प्रदेशमार्फत प्रभावकारीरुपमा योजना सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । सचिव गोपिनाथ मैनालीले सिप विकासका माध्यमबाट उनीहरुको क्षमता अभिवृद्धि गर्नुपर्ने बताउँदै कर्जा र बजारको पहुँच विस्तार गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक