लन्डन । अवकासप्राप्त एकजना ब्रिटिश गोर्खाले मद्यपान गरि मोटर हांकेको पाइएपछि उनलाई अदालतले २८ महिना सवारी साधन चलाउन प्रतिवन्ध र जरिवाना तिराएको छ ।
‘ग्लोस्टरसायर लाइभ डट को डट यूके’ का अनुसार, चेल्टेनहाम मेजिस्ट्रेट्स कोर्टले सिड्नी स्ट्रिट ग्लोस्टर निवासी ५६ वर्षीय टिकाराम थापामाथि उक्त प्रतिवन्ध लगाएको हो । १५ वर्ष सेवापछि ब्रिटिश सैनिकबाट रिटायर्ड भएका थापाले कानुनी रुपले मद्यपान गर्न पाउने सीमा (लिमिट) भन्दा साढे तीन गुणा बढि अल्कोहल सेवन गरि गांडी हांकेका थिए । तर, ति गोर्खाले आफूलाई पिए जस्तो महशुस कत्ति नभएको अदालतसमक्ष जिकिर गरेका थिए ।
गत १९ जनवरीका दिन थापाले हांकेको कारले चेल्टेनहाम रोड, ग्लोस्टरमा एक मोपेड चालक एन्ड्रियू वाइटलाई ठक्कर दिइ घाइते भएपछि थापा समातिएका थिए । घुंडामा चोट लागेका कारण वाइटलाई अस्पतालको आकस्मिक कक्ष भर्ना गरिएको थियो ।
म्याजिस्ट्रेटस कोर्टले आगामी ५ जुन २०२१ सम्म थापालाई सवारी साधन चलाउन अयोग्य ठहर गरेपनि अगष्ट १२, २०२० सम्म ‘ड्रिंक ड्राइभिङ’ कोर्स गरे प्रतिवन्ध २०५ दिन कायम गरिने फैसला गरेको छ । उनलाई ८० घण्टासम्म बिना पारिश्रमिक काम, ८५ पाउण्ड कानुनी खर्च र ८५ पाउण्ड पीडितलाई हर्जाना तिर्न पनि अदालतले आदेश दिएको छ ।
सेक्यूरिटी अफिसरका रुपमा कार्यरत थापा तीन सन्तान र श्रीमतिका साथ तीन वर्षदेखि यूकेमा बस्छन् ।
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा
अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित
अभिनयतर्फ गायन समीर श्रेष्ठ
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक