
काठमाडौँ, २८ माघ – यौन सम्पर्कका लागि सुरक्षित मानिने कण्डम नेपालमा न्यून प्रयोग हुने गरेको पाइएको छ । एचआइभी तथा यौनरोग सर्नबाट बचाउने, नचाहेको गर्भ नरहने, जन्मान्तर र परिवारको आकार सीमित गर्नका लागि भरपर्दो साधन भए पनि नेपालमा यसको प्रयोग कम देखिएको छ ।
अन्तर्राष्ट्रिय कण्डम दिवस २०७५ अर्थात् फेब्रुअरी १३ का अवसरमा राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले आज आयोजना गरेको पत्रकार सम्मेलनमा विश्वभरि नै यौन सम्पर्कका लागि सुरक्षित मानिने कण्डम नेपालमा आठ प्रतिशत पुरुषले मात्र प्रयोग गर्ने गरेको जानकारी दिइएको हो ।
केन्द्रको तथ्याङ्कअनुसार नेपालमा ३१ हजार २० एचआइभी सङ्क्रमण भएका छन् । तीमध्ये पुरुष १९ हजार २० र महिला १२ हजार छन् । नेपालमा ७७ प्रतिशत एचआइभी सङ्क्रमण कण्डमबिना गरिएको यौनसम्पर्कबाट सर्ने गरेको छ । नेपालमा कण्डमलगायत परिवार नियोजनको साधनहरु प्रयोग गर्ने ४३ प्रतिशत छन् ।
केन्द्रका निर्देशक डा तारानाथ पोखरेलका अनुसार सरकारले एचआइभी तथा यौन रोग नियन्त्रणका लागि सुरक्षित यौन सम्पर्कबारे देशैभर जनचेतनामूलक कार्यक्रम चलाउँदै आएको छ । फेब्रुअरी १३ मा विश्वभरि नै कण्डमको सही तरिकाले प्रयोग गरी सुरक्षित यौन सम्पर्कबारे जनचेतना फैलाउनका लागि रमाइलो तथा रचनात्मक तरिकाले कण्डम दिवस मनाउने गरिन्छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
ट्रम्पको घोषणाः भेनेजुएलाबाट करोडौँ ब्यारेल तेल बजारमा
प्रतिवेदन भन्छ – ‘करीव ७० लाख अष्ट्रेलियालीहरू घातक जङ्गली आगोको जोखिममा रहेको क्षेत्रमा बस्छन्’
साझा नेपाली समाज यूकेको अध्यक्षमा नारायण फुँयाल चयन
थारु कल्याणकारिणी सभा यूकेले दोस्रो माघी महोत्सव मनाउने
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
एकीकरण भयो राप्रपा र राप्रपा नेपाल
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार