बेइजिङ, चीन, १५ माघ – जापानी कार कम्पनी टोयटाले ‘डिफेक्टिफ एअर व्याग’ भएका भनिएका करिब करिब पाँच हजार कार चीनबाट फिर्ता लाने मङ्गलबार बताएको छ ।
टोयटा कम्पनीको लेक्सस सेडान ब्रान्डको कारमा एअरब्यागमा समस्या भएको भन्ने ग्राहकको आरोपपछि चार हजार ६८२ गाडीलाई फिर्ता लाने भएको कम्पनीका चिनियाँ बजार व्यवस्थापकले बताएका छन् ।
“टोयटा मोटर्सको चिनियाँ लगानी समूहले लेक्सस आइएस २५०सी को निर्माणमा सन् २०१४ को जनवरी १५ देखि सहकार्य गरेको र सोही बर्ष जनवरी ६ देखि सन् २०१७ फेब्रुवरी १३ सम्म कम्पनीले बनाएका लेक्सस जीएक्स ४०० का चार हजार ६८१ गाडीहरूलाई फिर्ता लिनेछ”- टोयटाको चीनस्थित बजार नियमनकारी निकायद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
अगाडीको यात्रुको सुरक्षाका लागि बनाइएको एअरव्यागमा नै समस्या भएपछि असुरक्षा भएको भन्ने उपभोक्ताबाट व्यापक चासो आएपछि कम्पनीले उक्त निर्णय लिएको हो ।
एअर व्यागमा समस्या भएका कारण उक्त गाडी प्रयोगका क्रममा विश्वभर मृत्यु र गम्भीर चोटका घटना बढेको भन्ने प्रतिक्रियापछि विश्वभरबाट ठूलो सङ्ख्यामा लेक्सस आइएस २५०सी नामक कारलाई फिर्ता गर्न लागिएको हो ।
कम्पनीले एअरव्यागमा समस्या भएको पाएमा विना शुल्क यसलाई फेरिदिने बताएको छ ।
आइसिसी विश्वकप क्रिकेट लिग-२ : नेपाल अमेरिकासँग ४ विकेटले पराजित
गैरआवासीय नेपाली लगानीकर्तालाई समेट्नुपर्नेमा एडीपीको जोड
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
पत्रकार –साहित्यकार वाग्लेको ‘कोरियाना कफी गफ’ अब अंग्रेजीमा
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो