लन्डन । बेलायती प्रधानमन्त्री टेरेजा मेले संसदमा विश्वासको मत जितेकी छन् । मेले बुधबार सांझ संसदमा भएको मतदानमा ३२५ मत पाइन् भने अविश्वास प्रस्तावको पक्षमा ३०६ सांसद उभिए ।
विश्वासको मत पाएसंगै प्रधानमन्त्री मेको पद जोगिएको छ ।
मेले एक दिन अघि मंगलबार सांझ बेलायती संसदमा प्रस्तुत गरेको ईयूबाट बहिगर्मन (ब्रेक्जिट) प्रस्ताव बहुमतले अस्वीकृत भए लगत्तै विपक्षी लेबर पार्टीका नेता जेरेमी कोर्बीनले प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए । मंगलबार मेको प्रस्तावको पक्षमा जम्मा २०२ मत परेको थियो भने विपक्षमा ४३२ सांसदले मत हालेका थिए ।
सत्तारुढ कन्जर्भेटिभ पार्टीकै ११८ सांसदहरु र डियूपीका सांसदले समेत मेको प्रस्ताव विपक्षमा मत हालेका थिए । तर, बुधबार भने सत्तारुढ दलका सांसदहरु सबैले समर्थन गरेर मेले १९ मत बढिले जितिन् ।
जिते लगत्तै मेले प्रधानमन्त्री कार्यालय टेन डाउनिंग स्ट्रिटमा एक वक्तव्य दिंदै अब अगाडिको बाटो पहिल्याउने बेला आएकोले सबै पार्टीका सांसदहरुलाई एकै ठाउंमा आएर ‘ब्रेक्जिट’ मुद्दा किनारा लगाउन आव्हान गरिन् । ‘यो मेरो कर्तव्य हो कि ईयू छाड्न बेलायती जनताले दिएको निर्देशन शिरोपर गर्नु र मैले त्यो गरें’- मेले भनेकी छन् ।
जनमतसंग्रहपछि बेलायती जनता समक्ष गरेको प्रतिज्ञा पुरा गर्न आफू निरन्तर लागिरहने र ईयू छाड्ने उनले बताएकी छन् ।
मेले आफ्ना पार्टी नेताहरु र डियूपी नेताहरुसंग छलफल गरिसकेको पनि जनाइन् । मेले विपक्षी दलका नेता कोर्बिन वार्ताका लागि सहमत नहुनु दुःखद भएको धारणा राख्दै वार्ताको ढोका भने सधैं खुल्ला रहेको बताएकी छन् ।
कोर्बिनले भने सरकारले विश्वास गुमाइसकेको धारणा राखेका छन् ।
कङ्गोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु
बेलायती प्रधानमन्त्रीको चीन भ्रमण उपलब्धिमूलक : प्रवक्ता
बेलायत – भारत शैक्षिक सम्बन्धलाई सुदृढ पार्न भारतमा नौ वटा ब्रिटिस विश्वविद्यालय स्थापना गरिदै
अमेरिकी सरकार सटडाउनतर्फ
लिम्बुवान नागरिक समाज यूकेको अध्यक्षमा विजय लुम्फुङवा सर्वसम्मत चयन
राष्ट्रियसभा सदस्य निर्वाचन : को को भए निर्वाचित ?
आइसिसी महिला टि– २० विश्वकपको ग्लोबल छनोट : नेपालद्वारा जिम्बाब्वे पराजित
हिमपहिरोले अमेरिकामा जनजीवन ठप्प, उडानदेखि बिजुलीसम्म असर
एनआरएनए प्रतिनिधिमण्डलद्वारा परराष्ट्रमन्त्री बालानन्द शर्मासँग भेट
अमेरिकामा भीषण आँधी : ११ हजार ४०० भन्दा बढी उडान रद्द