लन्डन । अन्तर्राष्ट्रिय स्तरको नेपाली फिल्म निर्माणमा जुटेका लन्डनस्थित एक जना युवा व्यवसायी तथा उदयीमान नायक विक्रम जोशी अमेरिकामा सम्मानित भएका छन् ।
अमेरिकाको कोलोराडो डेनभरमा गत ५ जनवरीमा आयोजित ‘तेश्रो ग्लोबल नेपाली फिल्म अवार्ड’ कार्यक्रममा नायक जोशीलाई ‘स्पेशल अवार्ड २०१८’ प्रदान गरिएको हो ।
नेपाल फिल्म सोसाइटी र ग्लोबल नेपाली फिल्म अवार्डको संयुक्त आयोजनामा अवार्डस कार्यक्रम भएको थियो ।
नेपाली फिल्म, संगीत र कलाको प्रवर्धन तथा विकासका लागि जोशीले गरेको योगदान स्वरुप उक्त अवार्ड दिइएको सोसाइटीले जनाएको छ । ‘मलाई यस सम्मानले नेपाली चलचित्र क्षेत्रमा अझ क्रियाशिल हुन उत्प्रेरित गरेको छ’- लन्डन फर्किएर जोशीले भने, ‘नेपाली चलचित्रको भविष्य मैले उज्ववल देखेको छु । विदेशमा बस्ने नेपालीको सहकार्य भए यस क्षेत्रले अझ उचाईं लिन सक्छ भन्ने मेरो विश्वास छ ।’
जोशी केही वर्ष यता नेपाली चलचित्रको स्तरोन्नति र अन्तर्राष्ट्रिय स्तरमा समेत नेपाली चलचित्रको बजार प्रवर्धन र विस्तारमा सक्रिय छन् ।
बेलायतमै छायांकन गरिएको ‘हयाप्पी डेज’ मा लगानी तथा अभिनय गरेर यस क्षेत्रमा ‘डेब्यू’ गरेका जोशी अहिले ‘पासवर्ड’ बनाइरहेका छन् । बलिउड ‘हट’ नायिका सन्नी लियोनले समेत ‘आइटम डान्स’ गरेको उक्त चलचित्रको लगानी ३० करोड रुपैयां पुग्ने दाबी गरिएको छ । सन्नीले विक्रम जोशीको रचना र अर्जुन पोख्रेलले संगीतवद्ध गरेको ‘आजको शाम बेबी…’ भन्ने गीतमा नृत्य गरेकी हुन् । कोरियोग्राफीका लागि चर्चित भारतीय कोरियोग्राफर विष्णु देवा पनि मुम्बइबाट लियोनसंगै लन्डन आएका थिए ।
सम्राट बस्नेतले निर्देशन गरेको ‘पासवर्ड’ को झण्डै ९० प्रतिशत छायांकन बेलायतमा गरिएको छ ।
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै