लन्डन । अन्तर्राष्ट्रिय स्तरको नेपाली फिल्म निर्माणमा जुटेका लन्डनस्थित एक जना युवा व्यवसायी तथा उदयीमान नायक विक्रम जोशी अमेरिकामा सम्मानित भएका छन् ।
अमेरिकाको कोलोराडो डेनभरमा गत ५ जनवरीमा आयोजित ‘तेश्रो ग्लोबल नेपाली फिल्म अवार्ड’ कार्यक्रममा नायक जोशीलाई ‘स्पेशल अवार्ड २०१८’ प्रदान गरिएको हो ।
नेपाल फिल्म सोसाइटी र ग्लोबल नेपाली फिल्म अवार्डको संयुक्त आयोजनामा अवार्डस कार्यक्रम भएको थियो ।
नेपाली फिल्म, संगीत र कलाको प्रवर्धन तथा विकासका लागि जोशीले गरेको योगदान स्वरुप उक्त अवार्ड दिइएको सोसाइटीले जनाएको छ । ‘मलाई यस सम्मानले नेपाली चलचित्र क्षेत्रमा अझ क्रियाशिल हुन उत्प्रेरित गरेको छ’- लन्डन फर्किएर जोशीले भने, ‘नेपाली चलचित्रको भविष्य मैले उज्ववल देखेको छु । विदेशमा बस्ने नेपालीको सहकार्य भए यस क्षेत्रले अझ उचाईं लिन सक्छ भन्ने मेरो विश्वास छ ।’
जोशी केही वर्ष यता नेपाली चलचित्रको स्तरोन्नति र अन्तर्राष्ट्रिय स्तरमा समेत नेपाली चलचित्रको बजार प्रवर्धन र विस्तारमा सक्रिय छन् ।
बेलायतमै छायांकन गरिएको ‘हयाप्पी डेज’ मा लगानी तथा अभिनय गरेर यस क्षेत्रमा ‘डेब्यू’ गरेका जोशी अहिले ‘पासवर्ड’ बनाइरहेका छन् । बलिउड ‘हट’ नायिका सन्नी लियोनले समेत ‘आइटम डान्स’ गरेको उक्त चलचित्रको लगानी ३० करोड रुपैयां पुग्ने दाबी गरिएको छ । सन्नीले विक्रम जोशीको रचना र अर्जुन पोख्रेलले संगीतवद्ध गरेको ‘आजको शाम बेबी…’ भन्ने गीतमा नृत्य गरेकी हुन् । कोरियोग्राफीका लागि चर्चित भारतीय कोरियोग्राफर विष्णु देवा पनि मुम्बइबाट लियोनसंगै लन्डन आएका थिए ।
सम्राट बस्नेतले निर्देशन गरेको ‘पासवर्ड’ को झण्डै ९० प्रतिशत छायांकन बेलायतमा गरिएको छ ।
नेपाल सरकारको नीति तथा कार्यक्रमः गैरआवासीय नेपालीको सहभागिता विस्तार गरिने
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा
विमानमा आगो लागेपछि डेढ घण्टादेखि अवरुद्ध नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
विदेशमा रहेका ३६ नेपाली चिकित्सकको लाइसेन्स खारेजीको निर्णयप्रति गम्भीर ध्यानाकर्षण : एनआरएनए
सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी अध्यादेशमाथि नेफिनको गम्भीर ध्यानाकर्षण
बेलायतको स्थानीय चुनाव : कसले मार्ला बाजी ?