लन्डन । ‘नेपाल भ्रमण वर्ष २०२०’ अभियान सफल बनाउन बेलायतमा एक उच्चस्तरिय समिति गठनको तयारी भएको छ । नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीको अध्यक्षतामा यही १९ जनवरी सांझ दूतावासमा विशेष कार्यक्रमबीच एक ‘उच्चस्तरिय समिति यूके’ बनाउन लागिएको हो ।
नेपाल पर्यटन बोर्डका उच्च पदस्थ पदाधिकारी, बेलायतस्थित प्रमुख नेपाली संघसंस्थाका प्रतिनिधि, ट्राभल टुर्स व्यवसायी, सञ्चारकर्मी आदिको सहभागितामा समिति बनाउन लागिएको दूतावासका उपनियोग प्रमुख शरदराज आरणले जनाए । ‘नेपाल सरकारले २०२० लाई भ्रमण वर्ष घोषणा गरिसकेको परिप्रेक्ष्यमा पर्यटन अर्थतन्त्रको प्रमुख मेरुदण्ड भएकाले बेलायतबाट सक्दो सहयोग गर्ने हाम्रो परिकल्पना हो’- आरणले भने ।
१९ जनवरी सांझ उच्चस्तरिय समिति गठन र नेपाल पर्यटन प्रवर्धन सम्बन्धि केही ‘प्रिजेन्टेसन’ को तयारी छ । उच्चस्तरिय समितिमा बेलायतको समस्त नेपाली डायस्पोरालाई प्रतिनिधित्व गर्ने गरि सबै क्षेत्र र वर्गका मुख्य व्यक्तिलाई सदस्यका रुपमा राख्ने योजना राजदूत डा. सुवेदीको छ । नाम भने अहिले सार्वजनिक गरिएको छैन् । उपसमिति समेत गठन गरि इच्छुक सबैलाई त्यसमा समावेश गर्ने योजना पनि दूतावासको छ । ‘हामीले वृहत अभियान नै थाल्ने योजना बनाएका छौं । नेपालको पर्यटन प्रवर्धन हामी सबैको दायित्व भएकाले बेलायतको पुरै डायस्पोरा यसमा क्रियाशिल होस् भन्ने हामी चाहन्छौं’- उपनियोग प्रमुख आरणले सुनाए ।
बेलायतबाट गत वर्ष सन् २०१८ मा ६३ हजार ८६ बेलायती पर्यटक नेपाल भ्रमणमा गएको तथ्यांक छ । यो अघिल्लो वर्षको तुलनामा १५ प्रतिशत बढि हो । यस वर्ष ८० हजार र भ्रमण वर्ष २०२० मा एक लाख बेलायती पर्यटक नेपाल भित्रयाउन राजदूत सुवेदी उत्साहित छन् । नेपाल भ्रमण गर्ने पर्यटकहरु क्रमशः भारत, चीन, अमेरिका, श्रीलंका र पांचौंमा यूकेबाट छन् । उल्लेखित देशको जनसंख्या तुलना गर्दा यूके नै पहिलो धेरै पर्यटक जाने देश मानिन्छ ।
गत नोभेम्बरमा गठन गर्न लागिएको यो समिति पर्यटनमन्त्री रबिन्द्र अधिकारीको ‘भिजा’ समस्याका कारण स्थगित भएको थियो । यसपटक मन्त्रीको सहभागिता बिना नै उच्चस्तरिय समिति गठन गरिने भएको छ । यस समितिले पर्यटन दूत बन्न दौडधुप गरिरहेकालाई भने छायांमा पार्न सक्ने ठानिएको छ ।
कङ्गोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु
बेलायती प्रधानमन्त्रीको चीन भ्रमण उपलब्धिमूलक : प्रवक्ता
बेलायत – भारत शैक्षिक सम्बन्धलाई सुदृढ पार्न भारतमा नौ वटा ब्रिटिस विश्वविद्यालय स्थापना गरिदै
अमेरिकी सरकार सटडाउनतर्फ
लिम्बुवान नागरिक समाज यूकेको अध्यक्षमा विजय लुम्फुङवा सर्वसम्मत चयन
राष्ट्रियसभा सदस्य निर्वाचन : को को भए निर्वाचित ?
आइसिसी महिला टि– २० विश्वकपको ग्लोबल छनोट : नेपालद्वारा जिम्बाब्वे पराजित
हिमपहिरोले अमेरिकामा जनजीवन ठप्प, उडानदेखि बिजुलीसम्म असर
एनआरएनए प्रतिनिधिमण्डलद्वारा परराष्ट्रमन्त्री बालानन्द शर्मासँग भेट
अमेरिकामा भीषण आँधी : ११ हजार ४०० भन्दा बढी उडान रद्द