लन्डन । बेलायतको एउटा च्यारिटी संस्था ‘शिव कल्चरल एण्ड कम्युनिटी सेन्टर’ ले आगामी साता श्रीमद्भागवत पुराण तथा वेद र बुद्ध दर्शन सम्बन्धि आध्यात्मिक प्रवचन गर्ने तयारी गरेको छ । वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेलको सुमधुर वाचनमा ३ दिने आध्यात्मिक महोत्सव हुन लागेको सेन्टरले जनाएको छ ।
जनवरी ४ तारिख उद्घाटन हुने उक्त आध्यात्मिक महोत्सव सेन्टरले शिव मन्दिर तथा सामुदायिक केन्द्र स्थापनार्थ भवन खरिदका लागि सहयोग जुटाउन गरेको हो ।
नेपाली समुदायले पहिलोपटक बेलायतमा वृहत रुपमा गर्न लागेको उक्त धार्मिक तथा आध्यात्मिक महोत्सवमा बेलायतका लागी नेपाली राजदूत डा दुर्गा बहादुर सुवेदी प्रमुख अतिथी रहने सेन्टरका अध्यक्ष रोहित कुमार गुरुङले जानकारी दिएका छन् । अल्डरसट क्वीन्स् रोडस्थित ओड फेलोज् हलमा महोत्सव तय भएको छ र यसलाई हरि भट्टराईले संयोजन गर्दैछन् ।
शुक्रबार बिहान ११ बजे उद्घाटन र एक बजे देखि कथा वाचन शुरु हुने बताइएको छ । दोश्रो र तेश्रो दिन दिउसो कथा वाचनसहित हिन्दीमा प्रवचन, भजन, प्रसाद वितरण र सांझ आरती गरिने छ । उक्त कार्यक्रममा सहभागी भइ मन्दिर भवन खरिदमा आर्थिक सहयोग गर्न सेन्टरले सबैमा आव्हान गरेको छ ।
सेन्टरले खरिद गर्न लागेको भवनको मुल्य तीन लाख पाउन्ड छ । सेन्टरका अध्यक्ष रोहित कुमार गुरुङका अनुसार, हालसम्म संस्थाले नगद १ लाख ७२ हजार जम्मा गरिसकेको छ । उठ्न बांकी प्रतिवद्धता रकम ८५ हजार पाउण्ड छ । ‘प्रतिवद्धता रकम उठ्यो र मनकारी श्रद्धालु भक्तजनहरुले थप सहयोग गर्नुभयो भने ‘मोर्गेज फ्रि’ नै हुने हाम्रो अपेक्षा छ’- अध्यक्ष गुरुङले भने ।
सेन्टरका महासचिव विक्रम भट्टराईले बेलायतका समाजसेवी रबिजंग लामिछानेले १२ हजार ७२७ पाउण्ड र फार्नबोरो साइ सेन्टरले ५० हजार पाउण्ड प्रतिवद्धता गरेको जनाए ।
मन्दिर भवन खरिदका लागि अध्यक्ष गुरुङ, सेन्टरका लन्डन प्रतिनिधि सदस्य मेजर रि. सूर्य उपाध्याय, उपाध्यक्ष क्याप्टेन गोपाल विश्वकर्मा, महासचिव विक्रम भट्टराई, कोषाध्यक्ष बाचस्पति रेग्मी, सृजनशील नेपाली समाज यूके, विश्वकर्मा समाज यूके, सल्लाहकार भीम बानिया, ग्रेटर रसमोर नेपलिज कम्युनिटी अध्यक्ष जीव बेल्वासे, एनआरएनए यूके उपाध्यक्ष शेरबहादुर सुनार, फार्नबोरो साइ सेन्टरकी अध्यक्ष सुष्मा गुरुङ आदि दिनरात खटिइरहेका छन् ।
भवन खरिद भइसकेपछि यस भित्र एउटा शिव मन्दिर र प्रार्थना कक्ष हुनेछ भने अर्को मन्दिर आवश्यक समयमा मात्र खोलिने हुंदा अन्य समयमा हल सामाजिक कार्यमा प्रयोग गर्न सकिने सेन्टरको विश्वास छ । हाल सेन्टरले एम्पायर हलको माथिल्लो कोठा भाडामा लिइ मन्दिर स्थापना गरेर धार्मिक तथा आध्यात्मिक गतिविधि सुचारु गर्दै आएको छ ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते