प्रेम बाड्ने पेशा जसको
करुणा बोल्छ आँखाबाट ।
यस युगलाई अमुल्य उपहार
नेपाल आमाको काखबाट ।।
मृत्यु रोज्नेले बाँच्न सिके
रुनेहरु हाँस्न सिके ।
हजुरको सामिप्यले
दु:खी पनि नाच्न सिके । ।
अध्यात्म र ध्यान सिक्न
सबै तपोबन जाउँ भन्छन् ।
पुण्य मनको परिश्रमले नै
यस्ता तपोभूमि बन्छन् ।।
संसारको रित यस्तै
बुद्धपुरुष ओझेल पर्छन् ।
जब हुन्न भौतिक देह
अर्थ बुझ्छन् खोजी गर्छन् ।।
विचार सबै मनको उपज
भित्र जे छ तेही लेख्छन्।
भुल्छन् शितलता चन्द्रमाको
बेहोसीमा दाग देख्छन् ।।
काँडाको त धर्म घोच्ने
फक्रिरहुन् फूलहरु ।
यात्रा चलोस् निरन्तर
होस सिकाउने अथक गुरु ll
डार्टफोर्ड, युके
(७५ वर्षको उमेरमा पनि करुणापूर्वक लाखौंलाई ध्यानको ज्योति बालेर जिन्दगी उज्यालो बनाउन सहयोग गरिरहनु भएका श्रद्धेय बोधिसत्व स्वामी आनन्द अरुणप्रति समर्पित)
श्रीलङ्का सरकारद्वारा ३२ करोड डलर राहत प्याकेज घोषणा
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा
चन्द्र उडानपछि फर्किंदै आर्टेमिस टोली
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
इरान र अमेरिकाबीच ४५ दिने युद्ध विराम प्रस्ताव
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने