
फोटोमा बायाँबाट: कृष्ण बजगाई, गोवर्धन पूजा, बिन्दु तिमिल्सिना, सन्तोष लामिछाने (अगाडि: आर्या र काव्या लामिछाने), डा. भरतप्रसाद लामिछाने, प्रेमराजा महत, दिनार रनादी
अमेरिका । अमेरिका निवासी साहित्यकार सन्तोष लामिछानेको उपन्यास ‘अल्टिमेट आकाश’ नोभेम्बर १७, २०१८ का दिन म्याडिसन, अमेरिकामा एक समारोहबीच सार्वजनिक गरियो ।
सो उपन्यास बेलायतस्थित समकालीन साहित्य प्रतिष्ठानले प्रकाशित गरेको हो ।
वरिष्ठ लोक गायक एवम् अवैतनिक नेपाली महावाणिज्य दूत प्रेमराजा महत, कवि गोवर्धन पूजा, साहित्यकार कृष्ण बजगाईंको बिशिष्ट आतिथ्यमा सो उपन्यास लोकार्पण गरिएको थियो ।
उक्त कार्यक्रमका लागि बेलायतबाट आएका कार्यक्रमका विशिष्ट अतिथि साहित्यकार कृष्ण बजगाईंले कृतिको समिक्षा गर्दै नेपाली डायास्पोरिक साहित्यमा ‘अल्टिमेट आकाश’ एउटा कोशे ढुंगाको रुपमा रहने धारणा व्यक्त गर्नुभयो ।
अमेरिकी भूमिमा युवाले गर्नु परेको संघर्ष र सफलताको कथा रहेको उक्त उपन्यासको विषयवस्तु, भाषाशैली रोचक रहेको बताउनुभयो ।
उपन्यासकार लामिछानेका पिता डा. भरत लामिछानेले कृतिका तिता मिठा कुरा कोट्याउँदै कृतिको सकारात्मक पक्ष र चुनौती माथि आफ्नो मनसाय अगाडि पस्किनुभएको थियो ।
अवैतनिक नेपाली महावाणिज्यदूत प्रेमराजा महतले देशबाट टाढा भए पनि देशकै तर्कनामा रहेर नेपाली भाषा र संस्कृति उकास्न र नयाँ पुस्तालाई सिकाउन लागिपरेको नेपाली समुदाय देखेर आफूलाई खुशी लागेको बताए । साहित्यकार गोवर्धन पूजाले सिर्जनात्मक लेखनमा निरन्तर अभ्यासको खाँचो औँल्याए ।
उपन्यासकार सन्तोष लामिछानेले अमेरिकी भूमिमा नेपाली युवाका भोगाईलाई उपन्यासको रुप दिएको बताउँदै केही हदसम्म भए पनि यसबाट नेपाली युवा लाभान्वित हुन सक्ने कुरा बताउनुभयो ।
नेपाली अमेरिकन मैत्री संघ (नाफा) को आयोजना गरेको १०९ औं महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म जयन्ती एवम् ‘नाफा साहित्यिक साँझ २०७५’ बिचमा उक्त बिमोचन कार्यक्रम भव्यरुपमा सम्पन्न भएको थियो । प्रतियोगी तथा अप्रतियोगी गरी ३५ वटा कविता वाचन गरिएको उक्त कार्यक्रम नाफा अध्यक्ष सन्तोष लामिछानेको सभापतित्वमा भएको थियो ।
उक्त उपन्यास ‘अमेजन’बाट अनलाईनमा बिक्री भई रहेको कुरा कार्यक्रममा बताइएको थियो ।
नेपालमा प्रतिनिधिसभा निर्वाचन : पाँच स्थानमा महिला उम्मेदवार विजयी
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
रास्वपा सभापति रवि लामिछाने चितवन–२ बाट निर्वाचित
२२ हजार ८५० मतका साथ म्याग्दीमा स्वतन्त्र उम्मेदवार महाविर पुन निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
इजरायल र इरानमा रहेका नेपालीलाई सावधानीका उपाय अपनाउन नेपाल सरकारको अनुरोध
मध्यपूर्वमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन एनआरएनएको आग्रह
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु, वार्तामा फर्किन बेलायतका प्रधानमन्त्रीलगायतको आग्रह
आदिवासी जनजाति समुदायलाई ‘पैसाले किन्न सकिन्छ’ भन्ने गौतमको अभिव्यक्तिप्रति आपत्ति
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत