लण्डन । बेलायत भ्रमणमा रहेका परराष्ट्र सचिव शंकरदास बैरागीले बेलायतका आर्मड फोर्सेस राज्यमन्त्री मार्क ल्यांकास्टरसित भेट गरेका छन् । बैरागी र मन्त्री ल्यांकास्टरबीच बुधबार लण्डनस्थित ल्यांकास्टर हाउसमा भेट भएको थियो ।
यसैगरी सचिव बैरागीले एसिया तथा प्रशान्त क्षेत्रका राज्यमन्त्री मार्क फिल्डसित पनि भेट गरेका छन् । राज्यमन्त्री फिल्डको कार्यालयमा विहीबार सो भेटघाट भएको थियो ।
भेटमा गोरखाको समस्याका बारेमा र दुई देशबीचको द्धिपक्षीय सम्बन्धका बारेमा छलफल भएको बताइएको छ । तर विस्तृत विवरण दिइएको छैन ।
गोरखा भूतपूर्व सैनिकहरूले परराष्ट्र सचिवको बेलायत भ्रमणलाइ चासो पूर्वक हेरिररहेका छन् ।
सो भेटघाटमा बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदी तथा नेपालका लागि बेलायती राजदूत रिचर्ड मोरिस समेत सहभागी थिए ।
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभाग नेपालको प्रष्टोक्ति
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’
नेपाल निर्वाचन : समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कुन पार्टीलाई कति ?
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा