लन्डन । तमुधिं यूके नयाँ नेतृत्व चयनका लागि निर्वाचन तयारीमा जुटेको छ । बेलायतका नेपाली माझ शक्तिशाली ठानिएको गुरुङ समुदायको साझा संस्था तमुधिं यूकेको निर्वाचन आगामी १७ नोभेम्बरमा हुन लागेको हो । वर्तमान अध्यक्ष ज्ञाम गुरुङ नेतृत्वको दुई वर्षे कार्यकाल यही नोभेम्बरमा सकिंदैछ । सोही दिन बिहान साधारण सभा र दिउसो मतदानमार्फत नयाँ कार्यसमिति चयन गर्न लागिएको छ ।
अध्यक्ष एक, उपाध्यक्ष तीन सहित १० औं नयाँ कार्यसमिति चयन गर्ने गरि निर्वाचन कार्यतालिका सार्वजनिक भइसकेको छ ।
निर्वाचन समितिमा संयोजकमा एकेन्द्र गुरुङ, उपसंयोजकमा नारायण गुरुङ र सचिव हरिकाजी गुरुङ (काजी) छन् । साधारण सभा र निर्वाचन मिचेटस्थित आफ्नै भवनमा हुने तय भएको छ ।
तमुधिं यूके १० औं नयां कार्यसमिति सहमतिमै चयन हुने आशा अध्यक्ष ज्ञाम गुरुङले गरेका छन् । ‘तमुधिं यूकेमा अहिलेसम्म सहमतिमै अध्यक्ष छान्ने परम्परा छ, त्यही परम्पराले निरन्तरता पाउनेमा हामी आशावादी छौं’- अध्यक्ष गुरुङले वीनेपालीसँग भने ।
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
युरोपवासी सापकोटा भरतपुर महानगरको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धकमा नियुक्त
नेपालमा निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन गर्न एनआरएनएको माग
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न