
लन्डन । वन तथा वातावरण मन्त्री शक्ति बस्नेतले गैरआवासीय नेपालीको लगानी, ज्ञान र सीप मुलुकको सम्बृद्धिको लागि आवश्यक रहेको बताएका छन् । पूर्व एमाले र माओवादी केन्द्रका भातृसंगठनद्वारा संयुक्त रुपमा आयोजित अन्तर्क्रियामा नेपाल सरकारका मन्त्री बस्नेतले उक्त धारणा राखेका हुन् ।
बजारमा हल्ला गरेजस्तो सरकार निकम्मा नभएको दावी गर्दै मन्त्री बस्नेतले संघीयता कार्यान्वयनमा जाँदा केही काम गर्न ढिला भएको स्वीकार गरे । प्रवासीसँग निरन्तर सम्पर्कमा रहँदै नेपाल सरकारले यहाँका ज्ञान र सीपलाई मुलुकमा सुहाउने गरी लागु गर्ने उनले जनाए ।
मन्त्री बस्नेतले प्रवासी नेपालीलाई नागरिकताको हक सुरक्षित गर्न कानुन निर्माण भैरहेको जानकारी समेत दिए । उनले भूतपूर्व गोर्खाहरुको समस्या समाधानका लागि पनि सरकारले पहल गरिरहेको दावी गरे । प्रवासी नेपाली मंच युकेका अध्यक्ष राजेन्द्र पुडासैनीले नेपाल सरकारले हरेक क्षेत्रमा सिस्टम विकास गर्नु पर्नेमा जोड दिए । उनले ‘सिस्टम’ ले काम गर्ने परिपाटी बसाले बेथिति हट्दै जाने र विकासले गति समात्ने बताए ।
जनप्रतिशील मञ्च युके अध्यक्ष सुरेश गौतमले नेपाल कम्युनिस्ट पार्टीको संगठन हाँक्ने योग्य नेतृत्व चाहिएको बताए ।
जनप्रगतिशील मञ्चका पूर्व इन्चार्ज पूर्ण लोक्समले सरकारले सम्बृद्धि हासिल गर्न ग्रामीण भेगका जडिवुटी उत्पादनमा जोड दिए । प्रवासी नेपाली मञ्चका महासचिव विजय लिङदेनले स्वागत गरेका थिए । नेपाल कम्युनिस्ट पार्टीका यूकेमा रहेका नेता तथा कार्यक्रर्ताले सम्बृद्ध नेपालका लागि सहयोग गर्न प्रवासी तयार रहेको सुझाव दिएका थिए ।
यसअघि मन्त्री बस्नेतलाई खादाले स्वागत गरिएको थियो । यसैबीच, मञ्चका अध्यक्ष पुडासैनी र पूर्व इन्चार्ज लोक्समले कार्ल मार्क्सको समाधिस्थल भ्रमण गराएका थिए । मन्त्री बस्नेत वन तथा वातावरण मन्त्रालयको एक गोष्ठीमा भाग लिन तीन दिनअघि बेलायत आएका थिए । उनी आइतवार स्वदेश फर्किने कार्यक्रम छ ।
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभाग नेपालको प्रष्टोक्ति
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
‘मिलारेपा’ नाटकका निर्देशक बुद्धि तामाङ लन्डन आइपुगे