लण्डन । पहिलो नेपाल आइडल बुद्ध लामा ‘यूके डान्स अफ’ मा मुख्य आकर्षण हुने भएका छन्।
बेलायतमा प्रख्यात नृत्य प्रतियोगिता ‘यूके डान्स अफ’ को तेस्रो संस्करणमा सहभागी हुन लामा शुक्रबार लण्डन आउन लागेको आयोजक सपन इन्टरटेनमेन्ट लि यूकेका निर्देशक सपनकुमार राईले जनाए ।
यूके डान्स अफ यही आईतवार अक्टोबर १४ तारिख अल्डरसटको प्रिन्सेस हलमा हुन लागेको हो । बुद्ध लामाले उक्त शोमा मात्र प्रस्तुति दिने छन् ।
राईले प्रतियोगिता तयारी पुरा भएको जानकारी दिए । यो पटक १२ जनाले प्रतिस्पर्धा गर्दैछन् र निर्णायकको भूमिकामा नेपाली चलचित्र क्षेत्रका लोकप्रिय नायक दिलीप रायमाझीलाई झिकाइएको छ ।
प्रतियोगिताको फाइनलका दिन विभिन्न २ राउण्डमा प्रतियोगीहरुले आफ्नो नृत्य प्रस्तुत गर्नेछन् । ‘स्वदेशको झल्को’ नामक पहिलो राउण्डमा प्रतियोगीहरुले अनिवार्य रुपमा नेपाली गीतमा नृत्य र दोस्रो ‘क्याच द रिदम’ राउण्डमा आफूलाई मनपर्ने जुनसुकै गीतमा नृत्य देखाउन सकिने छ ।
यूके डान्स अफ विजेतालाई १२ सय पाउण्ड तथा पहिलो र दोस्रो रनर अपलाई क्रमशः ८ सय र ५ सय पाउण्ड नगद र ट्रफीले पुरस्कृत गरिनेछ । विजेतालाई नेपाली चलचित्र र मिडिया क्षेत्रमा समेत अवसर दिने आयोजकको योजना छ ।
यूके डान्स अफ २०१७ की विजेता जसिता गुरुङ तथा यूके डान्स अफबाटै उदाएका धिरज मगरले नेपाली फिल्ममा राम्रो अवसर पाइसकेका छन्।
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
राहदानीको विषय समाधान उन्मुख छ : नेपाल सरकार परराष्ट्र मन्त्रालय
फिलिपिन्समा टाइफुन ‘कलमेगी’ को कहर, १४० जनाको मृत्यु र सयभन्दा बढी बेपत्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
पत्रकार –साहित्यकार वाग्लेको ‘कोरियाना कफी गफ’ अब अंग्रेजीमा