लण्डन । गत २१ सेप्टेम्बरबाट हराइरहेका भूतपूर्व गोर्खा हेम कुमार राई मृत भेटिएका छन् । ५१ वर्षीय राईको मृत शरीर लेस्टर ग्रोबीमा भेटिएको लेस्टरसायर पुलिसले शुक्रबार साँझ जनाएको छ ।
पुलिसले राईको निधन शंकास्पद नभएको जनाउँदै कोरोनरका लागि तयारी भइरहेको उल्लेख गरेको छ ।
लेस्टरसायर पुलिसले राईको खोजी कार्यमा सघाउने सबैप्रति आभार समेत ब्यक्त गरेको छ ।
केही वर्ष यता ननिटन बस्दै आएका राई गत २१ सेप्टेम्बरमा अन्तिम पटक देखिएका थिए । २४ सेप्टेम्बरका दिनसम्म आफन्त र परिवारजनसंग सम्पर्कमा रहेपश्चात अकस्मात ग्रोभीबाट काममा समेत नगइ सम्पर्कविहीन भएको स्थानीय नेपालीले जनाएका छन् ।
करिब ५ फिट ५ इन्च उचाइ भएका आर्मी नम्बर २११६७२१७ का एक्स कर्पोरल राई १० जिआर (२ आर जिआर) मा सेवारत भइ अवकास लिएका थिए ।
आफ्ना सक्रिय सदस्य गुमाउनु परेकोमा इन्टेक ८५ का अध्यक्ष योगकुमार फगामीले दु:ख ब्यक्त गरेका छन् । फगामीले नम्बरीको मृत आत्माको चिर शान्तिको कामना गर्दै श्रद्धाञ्जली समेत अर्पण गरेका छन् । राईको निधनमा ननिटन नेपाली समुदाय पनि दुःखी छ ।
खेलकुद तथा व्यापार महोत्सवमा ‘लन्डन ब्रिज’को रौनक
नेपालको राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापा बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
फिलिपिन्समा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९ पुग्यो
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
‘जारी २: सङ अफ च्याब्रुङ’ र ‘मन बिनाको धन’ एकसाथ प्रदर्शनमा