लण्डन । केही वर्ष यता ननिटन बस्दै आएका एक्स कर्पोरल हेम कुमार राई केही दिन देखि हराएका छन् ।
हटटा कट्टा शारिरीक बनावट र करिब ५ फिट ५ इन्च उचाइ भएका आर्मी नम्बर २११६७२१७ का एक्स कर्पोरल राई १० जिआर (२आर जिआर) मा थिए ।
पछिल्लो समय २१ सेप्टेम्बरमा देखिएको र २४ सेप्टेम्बरका दिनसम्म आफन्त र परिवारजनसंग सम्पर्कमा रहेपश्चात अकस्मात ग्रोभी लेस्टरबाट काममा समेत नगइ सम्पर्कविहीन बिहिन भएको ननिटन बृटिश गोर्खा भेट्रान एसोसिएसनका अध्यक्ष ओम गुरुङले जानकारी दिएका छन् ।
उनले राईको अवस्थाप्रति चिन्ता ब्यक्त गर्दै केही सूचना भए आफ्नो नम्बर ०७९७१ २८६८६८ मा जानकारी गराउन समेत अपिल गरे । ‘भगवानको कृपाले हेम कुमार राईज्यू सकुशल हुनुहोस्, परिवारजनसंग पुनर्मिलन हुने अवसर मिलोस् भन्दै सबैले गर्न सकिने सहयोग गरिदिनु हुन म सबै नेपाली कम्युनिटीसंग हार्दिक अनुरोध गर्दछु’- गुरुङले अनुरोध गर्दै लेखेका छन् ।
लेस्टरसायर पुलिसले पनि राईबारे केही जानकारी भए दिन अपिल गरेको छ । पुलिसले खोजी कार्य तीब्र पारिएको जनाउँदै राईको अवस्थाप्रति चासो ब्यक्त गरेको छ ।
If you have any information, contact police on 101 quoting incident 315 of 26 September.
खेलकुद तथा व्यापार महोत्सवमा ‘लन्डन ब्रिज’को रौनक
नेपालको राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापा बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
फिलिपिन्समा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९ पुग्यो
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक
‘जारी २: सङ अफ च्याब्रुङ’ र ‘मन बिनाको धन’ एकसाथ प्रदर्शनमा