लण्डन । केही वर्ष यता ननिटन बस्दै आएका एक्स कर्पोरल हेम कुमार राई केही दिन देखि हराएका छन् ।
हटटा कट्टा शारिरीक बनावट र करिब ५ फिट ५ इन्च उचाइ भएका आर्मी नम्बर २११६७२१७ का एक्स कर्पोरल राई १० जिआर (२आर जिआर) मा थिए ।
पछिल्लो समय २१ सेप्टेम्बरमा देखिएको र २४ सेप्टेम्बरका दिनसम्म आफन्त र परिवारजनसंग सम्पर्कमा रहेपश्चात अकस्मात ग्रोभी लेस्टरबाट काममा समेत नगइ सम्पर्कविहीन बिहिन भएको ननिटन बृटिश गोर्खा भेट्रान एसोसिएसनका अध्यक्ष ओम गुरुङले जानकारी दिएका छन् ।
उनले राईको अवस्थाप्रति चिन्ता ब्यक्त गर्दै केही सूचना भए आफ्नो नम्बर ०७९७१ २८६८६८ मा जानकारी गराउन समेत अपिल गरे । ‘भगवानको कृपाले हेम कुमार राईज्यू सकुशल हुनुहोस्, परिवारजनसंग पुनर्मिलन हुने अवसर मिलोस् भन्दै सबैले गर्न सकिने सहयोग गरिदिनु हुन म सबै नेपाली कम्युनिटीसंग हार्दिक अनुरोध गर्दछु’- गुरुङले अनुरोध गर्दै लेखेका छन् ।
लेस्टरसायर पुलिसले पनि राईबारे केही जानकारी भए दिन अपिल गरेको छ । पुलिसले खोजी कार्य तीब्र पारिएको जनाउँदै राईको अवस्थाप्रति चासो ब्यक्त गरेको छ ।
If you have any information, contact police on 101 quoting incident 315 of 26 September.
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते