लन्डन । हिन्दू पण्डित समाज बेलायतको तत्वावधानमा लन्डन साउथहल मन्दिरमा दशैं उत्सव हुने भएको छ । आउँदो असोज २४ गते तदनुसार १० अक्टोबर बुधवार घटस्थापनाका दिनदेखि १९ अक्टोबर दशमीका दिनसम्म विविध धार्मिक/सांस्कृतिक समारोह गरी दशैं मनाउन लागिएको हो ।
उक्त दशैं उत्सवमा घटस्थापना विशेष पूजा गरी जमरा राख्ने, दैनिक दुर्गा सप्तशती चण्डीपाठ एवं आरती, सप्तमीका दिन विधिवत् फूलपाती भित्रयाउने, अष्टमीका दिन कालरात्री विशेष पूजा, नवमीका दिन नवदुर्गाका रुपमा नव कन्या पूजन गरी दशमीका दिन पूजा विसर्जन र जमरा वितरणको कार्यक्रम रहेको आयोजक समितिले जनाएको छ ।
हिन्दू पण्डित समाज बेलायतले नेपालीहरूको महान् चाड विजया दशमी हर्षोल्लासपूर्वक मनाउन लागिएको जनाउंदै उक्त कार्यक्रममा समस्त बेलायतवासी नेपालीलाई सहभागी हुन निमन्त्रणा गरेको छ । श्रद्धा र स्वेच्छापूर्वक विशेष यजमानका रुपमा पूजामा सरिक हुन चाहनेले पनि छिटो सम्पर्क गर्न समाजले अनुरोध गरेको छ ।
स्थान: 2 Lady Margaret Rd, Southall UB1 2RA
सम्पर्क:
पं. चिरञ्जीवि ढकाल 07946599795
पं. गोविन्द नेपाल 07946727164
पं. दुर्गाप्रसाद पोख्रेल 07882418890
पं. नारायण पौडेल (गाऊँले) 07916733773
पं. शेखर काफ्ले 07402945383
श्री होमनाथ पौडेल 07888673660
खेलकुद तथा व्यापार महोत्सवमा ‘लन्डन ब्रिज’को रौनक
नेपालको राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापा बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
फिलिपिन्समा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९ पुग्यो
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक
‘जारी २: सङ अफ च्याब्रुङ’ र ‘मन बिनाको धन’ एकसाथ प्रदर्शनमा