लण्डन । हिमालयन ब्याडमिन्टन क्लबको दोस्रो खुला प्रतियोगिता २९ सेप्टेम्बरमा सम्पन्न भएको छ । उक्त प्रतियोगितामा ७ वटा इभेन्ट्स अन्तर्गत ९२ जना खेलाडीले भाग लिएका थिए (विजयी खेलाडीहरुको नामावली तल हेर्नुहोस्) ।
सधै झैं यसपटक पनि च्यारिटी इभेन्ट्सका साथ प्रतियोगिता भएको थियो । तर, यसपटकबाट क्लबले २ वटा ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ र ‘स्पेसल रिकगनिसन अवार्ड’ को समेत थालनी गरेको छ ।
पहिलो ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ फेल्थाम लण्डन निवासी ६३ वर्षीय सुरेश गुरुङलाई प्रदान गरियो । उनी बेलायत नेपाली ब्याडमिन्टन समुदायमा प्रतिष्ठित र जेष्ठ खेलाडी हुन् । खोटाङ्ग जिल्लामा जन्मिएका गुरुङले नेपाल, हङकङ, ब्रुनाइ र बेलायतमा धेरै प्रतिष्ठित प्रतियोगिताहरुमा भाग लिइ सकेका छन्, जसमध्ये सन् १९८६ मा रोयल इन्जिनियर्स २०० एनिभर्सरी प्रतियोगितामा पुरुस एकल बिधामा दोस्रो स्थान हासिल गरेका थिए । उनी त्यतिबेला ब्रिटिश आर्मीका नम्बर वान खेलाडीसँग फाइनलमा पराजित भएका थिए । साथै उनले २००४/५ मा नेपाल ब्याडमिन्टन संघको बरियता क्रममा पुरुष भेटेरान्स डबल्स बिधामा दोस्रो स्थान ओगटेका थिए ।
यसै गरि, पहिलो हिमालयन विशेष सम्मान पुरस्कार विजेता नेपाली कलाकार संघ युके भएको छ । झट्ट सुन्दा र कलाकार संघले ब्याडमिन्टन सम्मान पुरस्कार कसरी पायो भन्ने लागे पनि ब्याडमिन्टनमा थोरै मात्र दख्खल भएका संस्थाका तत्कालीन अध्यक्ष अजय शेखर प्रधान र सचिव उमेश मोक्तान कसरी प्रेरित भए प्रतियोगिता आयोजना गर्न, यसको कहानी रोचक छ ।
सन् १९८७ मा बेलायत प्रबेश गरेका अजय शेखर प्रधान कलामा सानै देखिका पारखी हुन् । उनी सानै देखि विभिन्न नाटकहरुमा अभिनय गर्दै बिदेश (युरोप) मा पहिलो पटक छायांकन भएको नेपाली फिल्म ‘कस्तुरी’ का नायक समेत बने । कलालाई व्यवसायिक बनाउन नसके पनि नेपाली कला र सस्कृतिको मायाका खातिर रेस्टुरेन्ट ब्यबसायी प्रधानले सन् १९९६ मा ‘नेपाली कलाकार संघ युके’ स्थापना गरे र आँफैले संघको अध्यक्ष पद सम्हाले ।
त्यही कलाकार संघले १६ वर्ष पहिले लन्डनस्थित वेम्ब्लीमा पहिलोपटक नेपाली ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेको थियो ।
सन् २००५ सम्म बेलायतमा सायदै १५-२० हजार नेपाली मात्र थिए । ती मध्ये १५-२० नेपाली नियमित रुपमा ब्याडमिन्टन खेल्थे र यस्तो अबस्थामा प्रतियोगिताको कल्पना सायदै गर्न सकिन्थ्यो । कारण खेलाडीहरुको सङ्ख्या कम थियो भने ब्याड्मिन्टन प्रतियोगिता सन्चालन गर्न अत्यधिक महँगो छ । तर तत्कालिन अबस्थामा ब्याडमिन्टनका एक पारखी रेगन राई प्रधानको सम्पर्कमा थिए । उनै रेगन, अजित राई, जग पुन र अन्य केही खेलाडीको विशेष अनुरोध नकार्न नसकी प्रधानले प्रतियोगिताको लागि सकारात्मक सोच बनाए । खेलाडीहरुले उनलाई गुहार्नुको कारण पनि मुख्य रुपमा आर्थिक नै थियो ।
फलस्वरूप सेप्टेम्बर २२, २००२ मा पहिलोपटक नेपाली ब्याडमिन्टन प्रतियोगिता आयोजना भयो । त्यसपछि लगातार सन् २०१३ सम्म ११ वर्ष नेपाली कलाकार संघले बार्सिक रुपमा ब्याडमिन्टन प्रतियोगिता सन्चालन गर्यो ।
प्रतियोगितालाई नियमितता दिने संघका सचिव उमेश मोक्तानको ठूलो भूमिका रहेको प्रधान स्मरण गर्छन् । अहिले धेरै नयाँ खेलाडी जन्मने क्रम जारी छ । ब्याडमिन्टन संघ संगठन स्थापित हुने क्रम तीब्र छ। ननिटन नेपाली ब्याडमिन्टन क्लब, युके नेपाली ब्याडमिन्टन संघ, नखिपोट ब्याडमिन्टन संघ युके, इन्भिक्टा, एसइइ आदि ।
यसै क्रममा हिमालयन ब्याडमिन्टन क्लब लन्डनले पनि आफ्नो पहिचान स्थापित गरिसकेको छ । क्लबले खेलमा मात्र नभएर सामाजिक काममा पनि ब्याडमिन्टन खेलाडीलाई सम्मिलित गराउने उद्देस्य राख्दै दोस्रो ‘च्यारिटी प्रतियोगिता’ गरेको छ ।
प्रतियोगिताबाट भएको मुनाफा नेपालस्थित भोजपुर जिल्लामा निर्माणाधिन अबस्थामा रहेको ब्याडमिन्टन हललाई सहयोग स्वरुप प्रदान गरिने छ । पोहोर साल क्लबले राष्ट्रिय आविस्कार केन्द्रलाई सहयोग गर्ने हेतुले डा महाबीर पुनलाई बेलायत बोलाएको थियो ।
Himalayan Badminton London’s 2nd open tournament Winners and Runnurs up are as follows-
1. Men’s Single
Winner- Kishor Rana
Runner Up- Cleman Chang
2. Men’s Doubles
Winner- Dipchan/ Rajendra
Runner Up- Bishnu/ Prakash
3. Women Doubles
Winner- Foo Mei Yee/ Cindy Tang
Rnr Up- Sarita Gurung/ Mina Limbu
4. Veteran Doubles
Winner-Bishnu Rai/Damber Limbu
Rnr Up-Mark/Steve
5. Mix Doubles
Winner- Rajendra grg/ Sarita Grg
Rnr Up- Prakash Rai/Bimala Limbu
6. Supper Veteran
Winner- Tej Limbu/ Deukaji Grg
Rnr Up- RB Khaling/ Amar Grg
7. Bigginers
Winner- Promise Grg/ Sanjay Rai
Rnr Up- Chitra Rana/ Aakash Tamang
खेलकुद तथा व्यापार महोत्सवमा ‘लन्डन ब्रिज’को रौनक
नेपालको राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापा बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
फिलिपिन्समा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९ पुग्यो
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक
‘जारी २: सङ अफ च्याब्रुङ’ र ‘मन बिनाको धन’ एकसाथ प्रदर्शनमा