लन्डन । गैर आवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) को शनिबार हुने पाचौं काउन्सिल बैठकमा भाग लिन एनआरएनए केन्द्रिय उपाध्यक्ष कुमार पन्त शुक्रबार राती लन्डन आइपुगेका छन् । ‘टर्मिनल टु’ मा उत्रिएका एनआरएन अगुवा पन्तलाई ‘रिसिभ’ गर्न एनआरएनए केन्द्रिय उपाध्यक्ष कुल आचार्य, एनआरएनए यूके उपाध्यक्ष शेर सुनार, उपमहासचिव विनय अधिकारी, धर्म विभाग संयोजक होमनाथ पौडेल, आईसिसी सदस्य रामशरण सिम्खडा, एनआरएनए अगुवाहरु चिरन्जिबी ढकाल, राजेन्द्र पुडासैनी, कृष्ण तिमल्सिना, हिराधन राई, बिजन भटट, थर्क सेन, बिरेन खड्का, हेम गुरुङ, रोजिना प्रधान राईलगायत संचारकर्मी विमानस्थल पुगेका थिए ।
विमानस्थलमा कुरा गर्दै उपाध्यक्ष पन्तले बेलायत एनसीसी विश्वका ७९ मध्ये विशेष सक्रिय र एनआरएन ‘उद्गम थलो’ यहीं भएकाले भ्रमण अविष्मरणीय हुने बताए । उनले केन्द्रिय भवन र शंकमुल पार्क प्रोजेक्ट अक्टोबर ११ मै सक्ने हिसाबले काम भइरहेको पनि जनाए ।
काउन्सिल बैठक २९ सेप्टेम्बर बिहान ११ बजेदेखि अल्डरसटस्थित एम्पायर हलमा हुने तयारी छ । विधानमै दुई वर्ष कार्यकालभित्र एकपटक काउन्सिल बैठक गर्नुपर्ने प्रावधान छ ।
एनआरएनए यूकेले अहिले उक्त कार्यक्रममा खर्च धेरै हुने भन्दै भाइबर ग्रुपमा आर्थिक संकलन गरिरहेको छ ।
बैठकको संयोजन गरिरहेकी एनआरएनए यूके उपाध्यक्ष पुनम गुरुङले सम्पूर्ण तयारी पुरा भएको जनाइन् । उनले बेलायतका करिब दुई सय संस्थालाई औपचारिक रुपमा आमन्त्रण गरिएको र आधा जसोले सहभागिताको प्रतिवद्धता जनाएको पनि बताइन् ।
संयोजक गुरुङले दोहोरो नागरिकता, नेपालीको वेलफेयर, च्यारिटी आदि विषयमा छलफल हुने जनाएकी छन् ।
बैठकमा सहभागी विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिहरुको सुझावलाई संघले कार्यान्वयनका लागि पहल गर्नेछ ।
तस्बिर- शंकर श्रेष्ठ/शिव भण्डारी
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते