लन्डन । गैर आवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) को शनिबार हुने पाचौं काउन्सिल बैठकमा भाग लिन एनआरएनए केन्द्रिय उपाध्यक्ष कुमार पन्त शुक्रबार राती लन्डन आइपुगेका छन् । ‘टर्मिनल टु’ मा उत्रिएका एनआरएन अगुवा पन्तलाई ‘रिसिभ’ गर्न एनआरएनए केन्द्रिय उपाध्यक्ष कुल आचार्य, एनआरएनए यूके उपाध्यक्ष शेर सुनार, उपमहासचिव विनय अधिकारी, धर्म विभाग संयोजक होमनाथ पौडेल, आईसिसी सदस्य रामशरण सिम्खडा, एनआरएनए अगुवाहरु चिरन्जिबी ढकाल, राजेन्द्र पुडासैनी, कृष्ण तिमल्सिना, हिराधन राई, बिजन भटट, थर्क सेन, बिरेन खड्का, हेम गुरुङ, रोजिना प्रधान राईलगायत संचारकर्मी विमानस्थल पुगेका थिए ।
विमानस्थलमा कुरा गर्दै उपाध्यक्ष पन्तले बेलायत एनसीसी विश्वका ७९ मध्ये विशेष सक्रिय र एनआरएन ‘उद्गम थलो’ यहीं भएकाले भ्रमण अविष्मरणीय हुने बताए । उनले केन्द्रिय भवन र शंकमुल पार्क प्रोजेक्ट अक्टोबर ११ मै सक्ने हिसाबले काम भइरहेको पनि जनाए ।
काउन्सिल बैठक २९ सेप्टेम्बर बिहान ११ बजेदेखि अल्डरसटस्थित एम्पायर हलमा हुने तयारी छ । विधानमै दुई वर्ष कार्यकालभित्र एकपटक काउन्सिल बैठक गर्नुपर्ने प्रावधान छ ।
एनआरएनए यूकेले अहिले उक्त कार्यक्रममा खर्च धेरै हुने भन्दै भाइबर ग्रुपमा आर्थिक संकलन गरिरहेको छ ।
बैठकको संयोजन गरिरहेकी एनआरएनए यूके उपाध्यक्ष पुनम गुरुङले सम्पूर्ण तयारी पुरा भएको जनाइन् । उनले बेलायतका करिब दुई सय संस्थालाई औपचारिक रुपमा आमन्त्रण गरिएको र आधा जसोले सहभागिताको प्रतिवद्धता जनाएको पनि बताइन् ।
संयोजक गुरुङले दोहोरो नागरिकता, नेपालीको वेलफेयर, च्यारिटी आदि विषयमा छलफल हुने जनाएकी छन् ।
बैठकमा सहभागी विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिहरुको सुझावलाई संघले कार्यान्वयनका लागि पहल गर्नेछ ।
तस्बिर- शंकर श्रेष्ठ/शिव भण्डारी
खेलकुद तथा व्यापार महोत्सवमा ‘लन्डन ब्रिज’को रौनक
नेपालको राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापा बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
फिलिपिन्समा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९ पुग्यो
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक
‘जारी २: सङ अफ च्याब्रुङ’ र ‘मन बिनाको धन’ एकसाथ प्रदर्शनमा