लन्डन । गैरआवासीय नेपाली संघ यूकेले स्कटल्याण्ड राज्य परिषद्को अध्यक्षमा मोहन कार्कीलाई चयन गरेको छ । विहीवार बेलायतको अल्डरसटमा बसेको संघको वैठकले सहमतिमै कार्कीलाई चयन गरेको हो । एनआरएनए यूकेलाई क्षेत्रिय स्तरमा विस्तार गर्ने क्रममा स्कटल्याण्ड राज्यपरिषद् गठन गरिएको हो । अध्यक्ष पदमा भोला खनाल, यज्ञमुर्ति ढकाल र कार्कीको दावी रहेपनि अन्तिम समयमा कार्कीमा सहमति जुटेको थियो । राज्य परिषद्को संरक्षकमा खनाल र ढकाललाई राखिएको छ ।
उक्त सहमतिका लागि संघ अध्यक्ष योगकुमार फगामीसहित प्रमुख संरक्षक रिटायर्ड मेजर डमर घलेलगायतले पहल गरेका थिए ।
उपाध्यक्षमा नारायण पहारी र काशीराम भण्डारी, सचिवमा कृष्ण दाहाल, सहसचिवमा दीवाकर पाण्डे, कोषाध्यक्षमा धनबहादुर केसी, सहकोषाध्यक्षमा यदुमणि सापकोटा चयन भएका छन् । कार्यसमितिको सदस्यहरुमा रामप्रसाद बगाले, विजयमान डंगोल, उज्वल कार्की, गोविन्द खरेल, सुशीला गैरे, लक्ष्मी शर्मा सापकोटा, भोजराज खरेल, अन्जली चापागाईं, बलराम पौडेल, डिलाराम गैरे, कृष्ण देवकोटा र मनिष खत्री चयन भए ।
नवनिर्वाचित अध्यक्ष कार्कीले केन्द्रको विधानलाई मानेर सबैलाई संगठित गर्ने प्रतिवद्धता जनाए ।
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
युरोपवासी सापकोटा भरतपुर महानगरको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धकमा नियुक्त
नेपालमा निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन गर्न एनआरएनएको माग
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न