लन्डन । गैरआवासीय नेपाली संघ यूकेले स्कटल्याण्ड राज्य परिषद्को अध्यक्षमा मोहन कार्कीलाई चयन गरेको छ । विहीवार बेलायतको अल्डरसटमा बसेको संघको वैठकले सहमतिमै कार्कीलाई चयन गरेको हो । एनआरएनए यूकेलाई क्षेत्रिय स्तरमा विस्तार गर्ने क्रममा स्कटल्याण्ड राज्यपरिषद् गठन गरिएको हो । अध्यक्ष पदमा भोला खनाल, यज्ञमुर्ति ढकाल र कार्कीको दावी रहेपनि अन्तिम समयमा कार्कीमा सहमति जुटेको थियो । राज्य परिषद्को संरक्षकमा खनाल र ढकाललाई राखिएको छ ।
उक्त सहमतिका लागि संघ अध्यक्ष योगकुमार फगामीसहित प्रमुख संरक्षक रिटायर्ड मेजर डमर घलेलगायतले पहल गरेका थिए ।
उपाध्यक्षमा नारायण पहारी र काशीराम भण्डारी, सचिवमा कृष्ण दाहाल, सहसचिवमा दीवाकर पाण्डे, कोषाध्यक्षमा धनबहादुर केसी, सहकोषाध्यक्षमा यदुमणि सापकोटा चयन भएका छन् । कार्यसमितिको सदस्यहरुमा रामप्रसाद बगाले, विजयमान डंगोल, उज्वल कार्की, गोविन्द खरेल, सुशीला गैरे, लक्ष्मी शर्मा सापकोटा, भोजराज खरेल, अन्जली चापागाईं, बलराम पौडेल, डिलाराम गैरे, कृष्ण देवकोटा र मनिष खत्री चयन भए ।
नवनिर्वाचित अध्यक्ष कार्कीले केन्द्रको विधानलाई मानेर सबैलाई संगठित गर्ने प्रतिवद्धता जनाए ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार