लन्डन । बेलायती मैदानमा नेपाली फुटबल खेलाडी उतार्न पहल भएको छ । सहारा यूके, अखिल नेपाल फुटबल संघ (एन्फा) र अल्डरसट टाउन एफसीका पदाधिकारीहरुबीच भएको छलफलमा नेपाली फुटबल खेलाडी र ब्रिटिश खेलाडीबीच मैत्रीपूर्ण खेल खेलाउनेबारे सकारात्मक पहल अगाडि बढेको हो ।
अन्तर्राष्ट्रिय फुटबल संघ (फिफा) को वार्षिक अवार्ड वितरण समारोहमा सहभागी हुन आएका एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा, दुई उपाध्यक्ष कृष्णबहादुर थापा र उपेन्द्रमानसिंह तथा सहारा यूके एवं अल्डरसट एफसी पदाधिकारीबीच गत मंगलबार अल्डरसट टाउन टाउन फुटबल क्लवमा एक बैठक भएको थियो ।
सहारा यूकेको पहलमा भएको उक्त बैठकमा अल्डरसट एफसीले नेपाली खेलाडीलाई आफ्नो मैदानमा ल्याएर इंग्ल्याण्डको ‘सी’ टिमसंग मैत्रीपूर्ण खेल खेलाउन ‘ग्रीन सिग्नल’ दिएको सहारा यूके अध्यक्ष मिनबहादुर (साईंला) गुरुङले बताए । छलफलमा अल्डरसट टाउन एफसीका अध्यक्ष साहिद अजिमले अन्य समयमा आफ्ना खेलाडी लिग खेल्न व्यस्त हुने भएकाले आउंदो वर्ष जुलाईमा खेल्न प्रस्ताव गरेपछि उक्त प्रस्ताव बमोजिम एन्फाले नेपालबाट खेलाडी पठाउन आवश्यक प्रक्रिया थाल्ने र सहारा यूकेले संयोजन गर्नेबारे सहमति भएको अध्यक्ष गुरुङले जनाए ।
बैठकपछि एन्फा, सहारा यूके र अल्डरसट एफसी पदाधिकारीले अल्डरसट एफसी र मेडस्टोन एफसीबीचको खेल समेत अवलोकन गरेका थिए ।
सांझ सहारा यूकेले एम्पायरमा एन्फाका तीन पदाधिकारीसंग अन्तरक्रियासहित नेपालको खेल विकास र बेलायतमै रहेका खेलाडीलाई अवसरको सम्भावनाबारे छलफल गरेको थियो । एन्फा अफिसियललाई सहारा यूके अध्यक्ष मिनबहादुर (साईंला) गुरुङ, तमुधिं यूके अध्यक्ष ज्ञाम गुरुङ लगायतले मायाको चिनो प्रदान गर्दै स्वागत गरेका थिए । साथै सहारा यूके अध्यक्ष मिन गुरुङले एन्फा अध्यक्ष शेर्पालाई दश वटा फुटबल समेत प्रदान गरे । निकट भविष्यमा एकसय वटा फुटबल दिने घोषणा समेत अध्यक्ष गुरुङले गरेका छन् ।
कार्यक्रममा सहारा पोखराका मानार्थ सदस्य तथा सहारा यूकेका संस्थापक सल्लाहकार लोक गुरुङले सहाराबारे जानकारी दिएका थिए । सहारा यूकेका महासचिव कृष्ण गुरुङले सञ्चालन गरेको उक्त कार्यक्रममा मेजर रिटायर्ड डमर घले, मेजर रि. कृष्ण गुरुङ, तर्कजंग गुरुङ, चन्द्र गुरुङ, ज्ञाम गुरुङ, दिलरास गुरुङ, सूर्जे (रामचन्द्र) गुरुङ लगायतको उपस्थिति थियो ।
यसैबीच, एन्फा पदाधिकारीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ बेलायतका अध्यक्ष सिद्धार्थविक्रम क्षेत्रीको सहयोगमा खेलसंग सम्बन्धित अरु बेलायती संस्थाका पदाधिकारीहरुसंग भेट गरि आपसी हित र सहयोगबारे छलफल समेत गरेका थिए ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार