लण्डन । तमुधिं यूकेले गरिब तथा जेहन्दार तमु विद्यार्थी सहयोगार्थ एक च्यारिटी डिनर कार्यक्रम गरेको छ ।
प्रत्येक वर्ष झैं यो वर्ष पनि गत २२ सेप्टेम्बर शनिबार साँझ तमुधिं भवन, मिचेटमा तमु साँस्कृतिक प्रतिष्ठान नेपालको सहयोगार्थ च्यारिटी गरिएको हो ।
‘उच्च शिक्षा हाम्रो लक्ष्य’ भन्ने महान पवित्र उदेश्यसहित बि.स. २०५८ मा पोखरामा स्थापित उक्त प्रतिष्ठानले गरिब तथा जेहन्दार तमु विद्यार्थीहरूको लागि छात्रवृत्ति स्थापना गरि करिब १३ जिल्लामा आफ्नो अभियान फैलाएको छ ।
स्वदेश तथा विदेशका विभिन्न संघसंस्था र मनका धनी ब्यक्तिको सहयोगमा यो अभियान अघि बढिरहेको छ ।
विगत १५ वर्ष देखि तमुधिं यूकेका संस्थापक अध्यक्ष मिनप्रसाद गुरूङको अगुवाईमा तमुधिं यूके यस संस्थाको प्रमुख सहयोगदाताको रूपमा निकट भएर हातेमालो गर्दै अगाडि बढेको छ ।
तमुधिं यूके, केही परोपकारी संस्था र यूकेका केही दाताको सहयोगमा ७३ जना गरिब तथा जेहन्दार विद्यार्थीले शिक्षा पाइरहेका छन् ।
तमुधिं यूके अध्यक्ष ज्ञाम गुरुङले महान अभियानमा निस्वार्थ भावनाले लागेका सामाजिक अभियन्ता, तमु साँस्कृतिक प्रतिष्ठानको सम्पूर्ण कार्यसमिति र सल्लाहकारहरूप्रति आभार ब्यक्त गरे । तमुधिं यूके यो वर्ष १० जना विद्यार्थी ‘स्पोन्सर’ गर्न सफल भएको जनाउंदै अध्यक्ष गुरुङले भने-‘तपाईं हाम्रो छोरा छोरीहरूले बेलायतमा क्यामब्रीज र अक्सफोर्ड युनिभर्सिटी पढिरहँदा लापा खादिङ जस्तो धेरै गाउँ नेपालमा छन् जहाँ नानीहरू उच्च शिक्षाबाट बन्चित छन् । आउनुहोस् हातमा हात, काँधमा काँध गरेर शिक्षाको उज्यालोबाट वश्चित नानीहरूको जिवनमा केही परिवर्तन ल्याउन आजैबाट लागि परौं । शिक्षाको बीउ रोपौं ।’
सबैको अथक प्रयासबाट हिमालय सरस्वती प्रा. वि. खादिङको नयाँ भवन निर्माण गर्न सकिएको पनि गुरुङले जानकारी दिए ।
अध्यक्ष गुरुङले कार्यक्रम संयोजक सल्लाहकार हरि गुरुङ, परिकल्पनाकार संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ, सम्पूर्ण कार्यसमिति, खानामा सहयोग पुर्याउने सल्लाहकार एनआरएन यूके पूर्व अध्यक्ष सूर्य गुरुङ, गोर्खा किचेनका भिम गुरूङ र मेसिङ पकाउन मद्दत पुर्याउने श्री गुरुङ, भोज गुरुङ, तारा गुरुङ, टेक गुरुङ, चटनी र सेल रोटी बनाउने आमा समूह, मनोरन्जनमा सपन राई, रुवी गौली, कुमार गुरुङ, कृष्ण गुरुङ, रोहित गुरुङ, ब्यवस्थापक दिपक गुरुङ र जुमकाजी गुरुङ, सर्टिफिकेट/टिकट प्रिन्ट गर्ने सबिन्द्र कुमार र पूर्ण गुरुङ तथा फोटो पत्रकार गोरखा मिडियाका मिलन तमु, प्रतिष्ठानका सेक्रेटरी जेन तमु, सम्पूर्ण दाता एवं उपस्थित पाहुनालाई पनि धन्यवाद दिए ।
कार्यक्रमको शुरुमा तमुधिं यूकेको निम्तामा यूके आएकी अतिथि तमु मैताँकी प्रस्तोता पुनम गुरूङलाई संस्थाको तर्फबाट बिदाइ गरिएको थियो । उपस्थित दाताहरूलाई समेत प्रमाणपत्र र खादाले सम्मान गरियो ।
कार्यक्रममा तमु साँस्कृतिक प्रतिष्ठान नेपालका अध्यक्ष चिजकाजी गुरूङको भिडियो सन्देश देखाइएको थियो ।
ट्रम्प–सीबीच बेइजिङमा वार्ता
सगरमाथा आरोहण मार्ग खुला
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
नेपालको प्रधानन्यायाधीशमा शर्माको नाम सिफारिस
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
नेपाल सरकारले हटायो विदेशस्थित १५ जना अवैतनिक दूत [यस्ता छन्, मन्त्रिपरिषद्को निर्णय]
बेलायतमा उत्तर गुरुङ, जीवनारायण बेल्वासे र प्रतिक्षा गुरुङ काउन्सिलर निर्वाचित
पोखरा विमानस्थल अनियमितता प्रकरणमा नेपाली कांग्रेस नेतासहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा