लन्डन । मिस नेपाल श्रृंखला खतिवडा शुक्रबार सांझ अल्डरसटस्थित प्यालेसमा आयोजित च्यारिटी डिनरमा आकर्षण बनिन् । आफ्नै महत्वकांक्षी प्रोजेक्टका लागि सिग्नेचर र हयाब अ मोमेन्टले गरेको च्यारिटीमा मिस नेपाल सहभागी भएकी हुन् ।
चेपांग समुदायलाई लक्षित गरि मकवानपुरको दुर्गम कैलाश गाउंपालिका-७ मा हेल्थ पोस्ट बनाउने आफ्नो योजनाका लागि आर्थिक सहयोग जुटाउन यूके आएकी श्रृंखलाले च्यारिटी गरिदिएकामा आयोजक र सहयोगी बेलायतवासी नेपालीप्रति आभार व्यक्त गरिन् ।
कार्यक्रममा उनले एउटा ‘प्रिजेन्टेसन’ मार्फत ४० लाख रुपैयां भन्दा बढि लागत लाग्ने उक्त हेल्थ पोस्ट निर्माण गर्ने योजना कसरी बन्यो भन्नेबारे प्रष्टयाएकी थिइन् । उनले विभिन्न सुविधा सहित ६ कोठाको हेल्थ पोस्ट बनाउने र सो का लागि विभिन्न माध्यमबाट सहयोग गर्न सकिने उल्लेख गरेकी थिइन् ।
पेशाले आर्किटेक्ट उनी शुरुमा सिमान्तकृत चेपांग समुदायका लागि भवन निर्माण गर्न चाहन्थिन् । तर, मकवानपुरको कैलाश गाउंपालिका ७ पुग्दा त्यहांको दयनीय स्वास्थ्य सेवा, बालबालिकामा कुपोषण, बाल विवाह, सामान्य उपचार गर्न पनि झण्डै ५ घण्टा पैदल हिंडेर जानुपर्ने वाध्यता लगायत सामान्य ‘हेल्थ एण्ड हाइजिन’ समेत नहुंदा उनले एकाएक भवनको सट्टा हेल्थ पोस्ट बनाउने योजना बनाएको कार्यक्रममा बताइन् ।
आउंदो डिसेम्बरमा मिस वल्र्डका लागि नेपालको प्रतिनिधित्व गर्दैछिन् श्रृंखला । श्रृंखलालाई उक्त प्रतियोगितामा ’ब्यूटी वीथ अ परपोज’ सेग्मेन्टमा एउटा च्यारिटी काम देखाउनुपर्नेछ र यो प्रोजेक्ट त्यसैका लागि केन्द्रित छ ।
कार्यक्रमलाई सम्वोधन गर्दै एनआरएनए यूके अध्यक्ष योगकुमार फगामी, मिस यूके नेपाल २०१७ सृजना गुरुङ, समाजसेवी भूपेन्द्र गुरुङ लगायतले मिस नेपालको पवित्र कामको प्रशंसा गर्दै साथ दिन अरुलाई अपिल गरेका थिए । एनआरएनए यूके अध्यक्ष फगामी दम्पतिले मिस नेपाल र उनकी आमा मनु सिग्देललाई सम्मान पनि गरे ।
कार्यक्रममा नेपालबाट आएकी चर्चित नृत्यांगना निलम ढुंगाना, लिसा सुनार, आस्था जोशी लगायतले नृत्य र स्थानीय ब्याण्डहरु जर्ज एण्ड केभिन र टाकी एण्ड अब्रिलले हिन्दी, नेपाली र अंग्रेजी गीत प्रस्तुत गरेका थिए । उक्त अवसरमा ‘अक्सन’ पनि गराइएको थियो ।
सिग्नेचरका दीपेश राई र हयाब अ मोमेन्टका नवीन गुरुङ कार्यक्रमका मुख्य आयोजक हुन् ।
पूर्व मिस यूके नेपाल निया देवानले सञ्चालन गरेको उक्त च्यारिटीमा श्रृंखलाकी आमा मनु सिग्देल, एनआरएनए यूके उपाध्यक्षहरु प्रेम गाहामगर, शेर सुनार, पुनम गुरुङ, धर्म विभाग संयोजक होमनाथ पौडेल, पूर्व अध्यक्ष एवं संरक्षक योगेन क्षेत्री, व्यवसायी बिराज भट्ट, मिस यूके नेपाल आयोजक शान्ति गुरुङ लगायतको उपस्थिति थियो ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते