लण्डन । पूर्व एमाले र माओवादी केन्द्रबीचको एकतापछि युकेमा बन्ने एकीकृत संगठनको नेतृत्व चयनमा छ जनाले दाबी गरेका छन् ।
पार्टी केन्द्रीय कार्यालयको पत्रअनुसार गठित कार्यदलको दुईपटक बसेको बैठकमा नेतृत्वमा सर्वसम्मति हुन नसकेपछि छ जना आकांक्षीको नाम केन्द्रीय कार्यालयमा पठाइएको छ ।
स्रोतका अनुसार एकतापछि गठन हुने प्रवासी नेपाली एकता मञ्च युकेको संयोजकका लागि पूर्व माओवादी पक्ष (नेपाली जनप्रगतिशील मञ्च) बाट पार्टीका पूर्व इञ्चार्ज पूर्ण लोक्समले दाबी गरेका छन् । उता पूर्व एमाले (प्रवासी नेपाली मञ्च) पक्षबाट पाँच जनाको दाबी छ । जसमा तत्कालिन प्रवासी नेपाली मञ्च युकेका अध्यक्ष राजेन्द्र पुडासैनी, पूर्व अध्यक्षहरु रामशरण सिंखडा र आङकल्जङ लामा, अनेरास्ववियूका पूर्व केन्द्रीय उपाध्यक्ष भक्त गुरुङ र अनेरास्ववियूकै पूर्व नेता कृष्ण भट्टराई छन् । कार्यदलले यी नामहरुमध्येबाट एकजनालाई संयोजक छान्न केन्द्रलाई जिम्मा दिने निर्णय गरेको छ ।
यसैगरी, नयाँ बन्ने ३५ सदस्सीय समितिमा रहनका लागि दुवैतर्फबाट ३३-३३ जनाको नाम केन्द्रीय कार्यालयमा पठाउने निर्णय गरिएको छ । ती नामहरुबाट केन्द्रले ३५ जनाको नाम घोषणा गर्ने बताइएको छ ।
भदौ महिनाभित्र पार्टी एकताका लागि आवश्यक पहल गर्न केन्द्रले पूर्ण लोक्सम, राजेन्द्र पुडासैनी, रणबहादुर केसी, विजयविक्रम लिङदेन, सुरेश गौतम र रामशरण सिंखडा रहेको कार्यदल गठन गरेको थियो । कार्यदलको बैठक सेप्टेम्बर १० र १२ मा बसेको थियो ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने