काठमाडौँ, २५ भदौ – प्रधानसेनापति ट्रफी–२०७५ प्रतियोगिता आजदेखि राजधानीमा शुरु भएको छ । नेपाली सेनाको आयोजनामा भएको उक्त प्रतियोगिताको उद्घाटन प्रधानसेनापति पूर्णचन्द्र थापाले एक कार्यक्रमबीच गर्नुभयो ।
आगामी असोज ४ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा कूल १४ टोलीले प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगितामा एथ्लेटिक्स, पौडी, बक्सिङ, तेक्वान्दो, साइक्लिङ, बास्केटबल, भलिबल, फुटबल, कबड्डी र ह्याण्डबल खेलहरु समावेश गरिएको छ ।
कार्यक्रममा नेपाली सेनाका उपरथी देवकुमार सुवेदीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल क्षेत्रमा नेपाली सेनाका खेलाडीले उल्लेखनीय योगदान पुरयाएको चर्चा गर्नुभयो । उक्त प्रतियोगिताको खेलहरु सेनाको भद्रकालीस्थित खेल मैदान, लगनखेल र सशस्त्र प्रहरी बल (एपिएफ) को खेल मैदानमा हुनेछ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
वैदेशिक रोजगारी कल्याणकारी कोषलाई १० करोड पुर्याउने एनआरएनएको लक्ष्य निर्धारण [यस्ता छन् २५ निर्णय]
अब नेपालको राजनीतिजस्तै एनआरएनलाई पनि फरक किसिमले अगाडि बढाउनुपर्छ : अध्यक्ष डा हेमराज शर्मा [अन्तर्वार्ता]
एनआरएनए नेतृत्वद्वारा परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट
मध्यपूर्व तनाव चर्कियो
कसरी भयो बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च ?