लन्डन । ए स्टार फाइनान्सियल सोलुसन्स यूकेले आफ्नो व्यवसाय विस्तार गर्ने क्रममा नेपाली उल्लेख्य रहेको रेडिङ शहरस्थित क्यासल स्ट्रिटमा समेत कार्यालय स्थापना गरेको छ । लन्डन (मुख्य कार्यालय), आसफोर्ड, फार्नबोरोपछि कम्पनी रेडिङमा शाखा विस्तार गर्न सफल भएको हो । कम्पनीले यो सफलतालाई ग्राहकहरुको माया र बढ्दो विश्वसनीयताको एउटा अंशका रुपमा लिएको छ ।
बेलायतमा नेपाली जनघनत्व बढिरहंदा नेपालीलाई सहज, सर्वसुलभ र भरपर्दो सेवा दिने उद्देश्यले शाखा विस्तार गरिएको ए स्टार फाइनान्सियल सोलुसन्स यूकेका इन्डिपेन्डेन्ट फाइनान्सियल एडभाइजर मिन दर्लामीले जानकारी दिए । बेलायतका पहिलो नेपाली इन्डिपेन्डेन्ट फाइनान्सियल एडभाइजर दर्लामी सन् २०११ देखि यस व्यवसायमा समर्पित छन् ।
दर्लामीको कम्पनीले स्थापनाकालदेखि नै बेलायतवासी नेपालीहरुलाई आवश्यक पर्ने रेसिडेन्सियल मोर्गेज, रिमोर्गेज, कमर्सियल मोर्गेज, लाइफ इन्स्योरेन्स, बिल्डिङ तथा कन्टेन्ट इन्स्योरेन्स, वील तथा स्टेट प्लानिङ, पेन्सन तथा इन्भेष्टमेन्ट, पेन्सन ट्रान्सफर आदिमा सेवा प्रदान गरिरहेको छ । पेन्सन ट्रान्सफरका लागि ए स्टारले हालैमात्र लाइसेन्स लिएको हो ।
ए स्टारले सेवा अझ प्रभावकारी बनाउन थप दक्ष जनशक्तिसहित मुख्य कार्यालय पनि परिवर्तन गरेको छ । वेस्ट वल्ड, हयाङगर लेन लन्डनमा कार्यालय सरेको हो । त्यहांबाट सातै दिन काम हुन्छ ।

कम्पनीमा मीन दर्लामी (बायाबाट तेश्रो) सहित रमेश सराङकोटी, कुमार गुरुङ, रबिन्द्र श्रेष्ठ, किशोर राना जस्ता अनुभवी मोर्गेज एडभाइजर छन् ।
कम्पनीले नेपाली भाषीलाई लक्षित गरि फार्नबोरो, हयारो, रेडिङ, प्लमस्टिड, आसफोर्ड, स्वीन्डन सहित विभिन्न शहरमा निशुल्क जन चेतना कार्यक्रम समेत सञ्चालन गर्दै आएको छ । कम्पनीमा दर्लामीसहित रमेश सराङकोटी, कुमार गुरुङ, रबिन्द्र श्रेष्ठ, किशोर राना लगायत अनुभवी मोर्गेज एडभाइजर छन् ।
अहिले बेलायतको नेपाली समुदायमा ए स्टार फाइनान्सियल सोलुसन्स यूके एउटा ‘ब्राण्ड’ बनिसकेको छ । कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत नियमित च्यारिटी र बेलायतका प्राय जसो कार्यक्रममा प्रायोजन गर्दै आएको छ ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते