लन्डन । ए स्टार फाइनान्सियल सोलुसन्स यूकेले आफ्नो व्यवसाय विस्तार गर्ने क्रममा नेपाली उल्लेख्य रहेको रेडिङ शहरस्थित क्यासल स्ट्रिटमा समेत कार्यालय स्थापना गरेको छ । लन्डन (मुख्य कार्यालय), आसफोर्ड, फार्नबोरोपछि कम्पनी रेडिङमा शाखा विस्तार गर्न सफल भएको हो । कम्पनीले यो सफलतालाई ग्राहकहरुको माया र बढ्दो विश्वसनीयताको एउटा अंशका रुपमा लिएको छ ।
बेलायतमा नेपाली जनघनत्व बढिरहंदा नेपालीलाई सहज, सर्वसुलभ र भरपर्दो सेवा दिने उद्देश्यले शाखा विस्तार गरिएको ए स्टार फाइनान्सियल सोलुसन्स यूकेका इन्डिपेन्डेन्ट फाइनान्सियल एडभाइजर मिन दर्लामीले जानकारी दिए । बेलायतका पहिलो नेपाली इन्डिपेन्डेन्ट फाइनान्सियल एडभाइजर दर्लामी सन् २०११ देखि यस व्यवसायमा समर्पित छन् ।
दर्लामीको कम्पनीले स्थापनाकालदेखि नै बेलायतवासी नेपालीहरुलाई आवश्यक पर्ने रेसिडेन्सियल मोर्गेज, रिमोर्गेज, कमर्सियल मोर्गेज, लाइफ इन्स्योरेन्स, बिल्डिङ तथा कन्टेन्ट इन्स्योरेन्स, वील तथा स्टेट प्लानिङ, पेन्सन तथा इन्भेष्टमेन्ट, पेन्सन ट्रान्सफर आदिमा सेवा प्रदान गरिरहेको छ । पेन्सन ट्रान्सफरका लागि ए स्टारले हालैमात्र लाइसेन्स लिएको हो ।
ए स्टारले सेवा अझ प्रभावकारी बनाउन थप दक्ष जनशक्तिसहित मुख्य कार्यालय पनि परिवर्तन गरेको छ । वेस्ट वल्ड, हयाङगर लेन लन्डनमा कार्यालय सरेको हो । त्यहांबाट सातै दिन काम हुन्छ ।

कम्पनीमा मीन दर्लामी (बायाबाट तेश्रो) सहित रमेश सराङकोटी, कुमार गुरुङ, रबिन्द्र श्रेष्ठ, किशोर राना जस्ता अनुभवी मोर्गेज एडभाइजर छन् ।
कम्पनीले नेपाली भाषीलाई लक्षित गरि फार्नबोरो, हयारो, रेडिङ, प्लमस्टिड, आसफोर्ड, स्वीन्डन सहित विभिन्न शहरमा निशुल्क जन चेतना कार्यक्रम समेत सञ्चालन गर्दै आएको छ । कम्पनीमा दर्लामीसहित रमेश सराङकोटी, कुमार गुरुङ, रबिन्द्र श्रेष्ठ, किशोर राना लगायत अनुभवी मोर्गेज एडभाइजर छन् ।
अहिले बेलायतको नेपाली समुदायमा ए स्टार फाइनान्सियल सोलुसन्स यूके एउटा ‘ब्राण्ड’ बनिसकेको छ । कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत नियमित च्यारिटी र बेलायतका प्राय जसो कार्यक्रममा प्रायोजन गर्दै आएको छ ।
विदेशमा बस्ने नेपालीहरुलाई मताधिकारको व्यवस्था गर्न नेपाल आदिवासी जनजाति महासंघ यूकेको माग
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
कांग्रेस महाधिवेशन आगामी वैशाख २८ मा गर्ने प्रस्ताव पारित, महामन्त्रीलगायतको असहमति
सञ्चारकर्मी टीकाराम यात्री बेलायतस्थित ए स्टार मोर्गेजेजको ‘ब्रान्ड एम्बास्डर’ नियुक्त
स्विट्जरल्यान्डमा नयाँ वर्षको पार्टीका क्रममा रिसोर्टमा आगलागी, कम्तीमा ४० जनाको मृत्यु, १०० भन्दा बढी घाइते
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण