
इस्लाम अनुयायीले बकरइदमा सद्भाव साटे

इद—उल—जुहा (बकर–इद) को अवसरमा बाँकेका मुस्लिम धर्मावलम्बीले बुधबार नेपालगन्जस्थित इदगाहमा सामूहिक नमाज पाठ गर्दै । तस्बिर – निरज गौतम, नेपालगन्ज, रासस
काठमाडौँ, ६ भदौ – काठमाडौँ उपत्यकामा बसोवास गर्दै आएका इस्लाम धर्मावलम्बीले दोस्रो ठूलो पर्व इद—उल—अजहा (बकरइद) का अवसरमा घण्टाघरस्थित नेपाली जामे मस्जिदमा आज भेला भई सद्भाव साटासाट गरेका छन् ।
प्रत्येक वर्ष अरवीयन पात्रोको १२ औँ महिनाको १० गते पर्ने उक्त पर्वमा आफू भन्दा ज्येष्ठ मानिससँग आशीर्वाद लिने तथा मीठो खानेकुरा खाएर खुशियाली मनाईन्छ । अल्हा (ईश्वर) ले आफ्नो भक्तजन इब्राइमलाई परीक्षा लिने क्रममा प्यारो वस्तुको बलि मागेकोमा इब्राइमले छोराको बलि दिन खोजेपछि त्यहाँ दैवीशक्तिले चौपाया उत्पन्न भएको विश्वास धर्मावलम्बीले गर्दछन् ।
खसी, बोकालगायत चौपायाको बलि गरी गरीब, इष्टमित्र र आफूलाई तीन भाग लगाइन्छ । समग्र आम्दानीको साढे दुई प्रतिशत दान गर्ने परम्परा छ । जामे मस्जिद व्यवस्थापन समितिका अध्यक्ष अब्दुल समीमका अनुसार एक ईश्वरवादको दार्शनिक मान्यता राख्ने इस्लाम धर्मावलम्बीले पहिलो महत्वपूर्ण पर्व इदुलफित्र मनाउने गदर्छन् । त्यसपछिको ठूलो पर्व अहिले मनाउने गर्दछन् । इस्लाम धर्मको आधार स्तम्भका रुपमा कल्मा, नमाज, रोजा, जकात र हजलाई लिने गरिन्छ ।
अध्यक्ष समीमका अनुसार नेपालमा मल्लकालीन समयदेखि नै बसोवास गर्दै आएका इस्लाम धर्मावलम्बीको जनसङ्ख्या करीब ५ प्रतिशत छ ।
प्रतिक्रिया

सम्बन्धित सामाग्री
- बेलायतमा कसरी बन्यो कोभिड–१९ बारे जानकारी दिने नेपाली भाषामा पर्चा ?
- सोमबारदेखि बेलायत छोड्न फाराम भर्नुपर्ने, २०० पाउण्ड जरिवाना हुनसक्ने
- आजदेखि बेलायत आइपुग्ने यात्रुले १० दिन होटल क्वारेन्टिनमा बस्न पर्ने
- कारोना संक्रमणका कारण प्रवासमा मृत्यु भएकाको शव नेपाल लैजाने पाइने
- गोरखा भूपू सैनिकको समस्याबारे प्राविधिक समितिको प्रतिवेदनमाथि बेलायतले नेपालसित वार्ता नगर्ने