
इद—उल—जुहा (बकर–इद) को अवसरमा बाँकेका मुस्लिम धर्मावलम्बीले बुधबार नेपालगन्जस्थित इदगाहमा सामूहिक नमाज पाठ गर्दै । तस्बिर – निरज गौतम, नेपालगन्ज, रासस
काठमाडौँ, ६ भदौ – काठमाडौँ उपत्यकामा बसोवास गर्दै आएका इस्लाम धर्मावलम्बीले दोस्रो ठूलो पर्व इद—उल—अजहा (बकरइद) का अवसरमा घण्टाघरस्थित नेपाली जामे मस्जिदमा आज भेला भई सद्भाव साटासाट गरेका छन् ।
प्रत्येक वर्ष अरवीयन पात्रोको १२ औँ महिनाको १० गते पर्ने उक्त पर्वमा आफू भन्दा ज्येष्ठ मानिससँग आशीर्वाद लिने तथा मीठो खानेकुरा खाएर खुशियाली मनाईन्छ । अल्हा (ईश्वर) ले आफ्नो भक्तजन इब्राइमलाई परीक्षा लिने क्रममा प्यारो वस्तुको बलि मागेकोमा इब्राइमले छोराको बलि दिन खोजेपछि त्यहाँ दैवीशक्तिले चौपाया उत्पन्न भएको विश्वास धर्मावलम्बीले गर्दछन् ।
खसी, बोकालगायत चौपायाको बलि गरी गरीब, इष्टमित्र र आफूलाई तीन भाग लगाइन्छ । समग्र आम्दानीको साढे दुई प्रतिशत दान गर्ने परम्परा छ । जामे मस्जिद व्यवस्थापन समितिका अध्यक्ष अब्दुल समीमका अनुसार एक ईश्वरवादको दार्शनिक मान्यता राख्ने इस्लाम धर्मावलम्बीले पहिलो महत्वपूर्ण पर्व इदुलफित्र मनाउने गदर्छन् । त्यसपछिको ठूलो पर्व अहिले मनाउने गर्दछन् । इस्लाम धर्मको आधार स्तम्भका रुपमा कल्मा, नमाज, रोजा, जकात र हजलाई लिने गरिन्छ ।
अध्यक्ष समीमका अनुसार नेपालमा मल्लकालीन समयदेखि नै बसोवास गर्दै आएका इस्लाम धर्मावलम्बीको जनसङ्ख्या करीब ५ प्रतिशत छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते