लण्डन । नेपथ्य तेश्रोपटक बेलायतमा प्रस्तुत हुने भएको छ । पाँच वर्षअघि वेम्ब्ली एरेनामा ऐतिहासिक प्रस्तुती दिएको र त्यसैलाई पछ्याउँदै तीन वर्षअघि लण्डनकै ओ टु एकेडेमी ब्रिक्सटनमा प्रस्तुत भएको नेपथ्यले फेरि आफूलाई ओ टु एकेडेमीमै उभ्याउँदैछ ।
यसअघि भर्खरै अमेरिकाको बोस्टन र टेक्ससपछि जापानको टोकियो डोममा नेपथ्यले भब्य प्रस्तुती दिएको थियो । ब्याण्डले यसै सेप्टेम्बर १ तारिख (भदौ १६ गते) का दिन बेलायतमा प्रदर्शनको तयारी सुरु गरिसकेको छ ।
‘सन् २०१५ मा दोश्रोपटक नेपथ्यले आफूलाई प्रस्तुत गर्दा सबै हिसाबले ब्याण्डका निम्ति त्यसलाई अनुकूल देखिएकोले फेरि त्यसै स्थललाई रोजेका हौं’- ब्याण्डलाई प्रवर्धन गर्दै आएको नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन् ।
कार्यक्रमका निम्ति ओ टु एकेडेमीले पहिलेजस्तै अनलाइन बुकिङको समेत ब्यवस्था गरेको छ ।
त्यस हलमा बब डिलन, मडोना, आइरन मेडन, सेक्स पिस्टल्स र युबी फोर्टी जस्ता हस्ती एवं टोलीहरुले आफूलाई उभ्याएर प्रस्तुत गरिसकेका छन् । त्यसैगरि विश्वप्रसिद्ध नामहरु एरिक क्ल्याप्टन, डायर स्ट्रेट्स्, द पुलिस, ह्वाम र कल्चर क्लबजस्ता अरु थुप्रै नामहरु ओ टु एकेडेमीसँग जोडिएका छन् ।
दुईसय वर्षअघि नेपालसँग सबैभन्दा पहिलो दौत्य सम्वन्ध स्थापना गर्ने बेलायत नेपालसँग सामाजिक, आर्थिक र साँस्कृतिक हिसाबले नजिक छ । लाहुरे दाजुभाइहरुले दुईवटै विश्वयुद्धमा बेलायतका तर्फबाट लडेका थिए । बेलायती गोर्खा सेनाले आज पनि अटुट रुपले विश्वभर मानवताको सेवा गरिरहेकै छ । पछिल्लो समय उनीहरुमध्ये धेरै सपरिवार कर्मभूमिमा बसोबास गर्दै आएका छन् ।
त्यसैगरि शैक्षिक अवसरदेखि लिएर विभिन्न व्यावसायका हिसाबले बेलायतमा बसोबास गर्ने नेपालीहरुको संख्या पनि बढ्दो छ ।
यसरी विदेशिनेहरुले आफूसँगै आफ्नो भाषा, भेष र पहिचान बोकेर जाने गर्छन् । नेपाली लोकगीतलाई नयाँ पुस्ताका श्रोतासँग जोड्दै आएको नेपथ्यले बेलायतमा सदैव न्यानो स्वागत पाउँदै आएको छ ।
‘हामीले घरबाट टाढा पुगेकाहरुलाई घरको माया बोकेर लगिदिने गरेका छौं’- नेपथ्यका मुख्य गायक तथा अगुवा अमृत गुरुङ भन्छन्, ‘बेलायतको मञ्चमा उभिँदा मलाई जहिले पनि त्यहाँको आत्मीयताले प्रभाव पारिरहेको हुन्छ । ‘हामी नेपथ्यको नयाँ अल्बमको काममा अहिले पनि तल्लीन छौं’- अमृतले थपे, ‘लण्डनमा नेपथ्यका सर्वकालीक हिट गीतहरुका साथमा केहि नयाँ गीतहरु पनि पक्कै सुनाउने छौं ।’
बेलायतको शोलाई यसपटक ‘देब्रे इभेन्ट्स्’ का चन्द्र गुरुङले आयोजना गर्न लागेका हुन् ।
सँधै झैँ यसपटक पनि लण्डनमा अमृतलाई उनका साथीहरु ड्रममा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाउने छन् ।
सुकुम्बासी आमाहरुको नाममा [कविता]
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
सीएनसीबीजी यूकेले काठमाडौंमा खोल्यो सम्पर्क कार्यालय
काठमाडौं थापाथलीको सुकुमवासी बस्ती हटाउन थालियो, बिहानैदेखि चल्यो डोजर
चार मिस नेपाल र दिल श्रेष्ठको जोडी ‘माया भनेकै यस्तो होला’ मा
‘लिब्जु–भुम्जु पुरस्कार’ ऋषि र कमललाई
बेलायतमा नेपाल पहिल्यै लोकप्रिय : राजदूत रोर्वट फेन
नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले अदालतको फैसला स्वीकार गर्ने
बेलायतको साउथह्यारोमा नेपाली नयाँ वर्ष २०८३ भव्य रुपमा मनाइयो
पुन मगर समाज युकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा तुलचन्द्र तिलिजा पुन मगर