
लन्डन । बेलायतमा कार्यरत नेपाली चिकित्सकहरु यो सप्ताहन्त वेल्समा भेला भएका छन् । नेपलिज डक्टर्स असोसिएसन यूकेको शुक्रबार देखि आइतबारसम्म चल्ने ३३ औं वार्षिक बैठकमा जम्मा भएका चिकित्सकहरुले विभिन्न सेसनमा स्वास्थ्यसम्बन्धि प्रिजेन्टेसन दिने क्रम शुरु भएको छ । मुटु, दांत, डायबेटिज, सर्जरी, एनेसथेसिया, हाड जोर्नी, इएनटी आदिमा सम्मेलन केन्द्रित हुनेछ । सम्मेलनको अन्तिम दिन आफ्नो सीप र ज्ञान नेपालमा स्थानान्तरणबारे समेत चर्चा गरिने असोसिएसन अध्यक्ष डा. सविन जोशीले जनाए ।
भेलामा विशेष वक्ताका रुपमा छन् नेपालबाट आएका वरिष्ठ मुटु रोग विशेषज्ञ डा. भगवान कोइराला, मृत मुटु सफलतापूर्वक प्रत्यारोपण गर्ने विश्वकै पहिलो चिकित्सक अष्ट्रेलिया निवासी डा. कुमुद धिताल, डा. बोग्दान नुटा, डा. तुसार रेइना आदि । डा. कोइराला ३१ वर्षपछि ‘कि नोट स्पिकर्स’ का रुपमा सम्मेलनमा आएका हुन् ।
सम्मेलनको दोश्रो दिन शनिबार दुई चरणका ‘सेन्टिफिक सेसन’ मा मुटु रोग सम्बन्धि प्रिजेन्टेसन हुनेछ । पहिलो सेन्टिफिक सेसनको अध्यक्षता डा. लक्ष्मण पौड्याल र डा. धिरज त्रिपाठीले गरेका छन् । यस सेसनमा डा. भगवान कोइराला, डा. कुमुद धिताल, डा. बोग्दान नुटा, डा. तुसार रेइना र डा. पूर्णराज जोशीले मुटु रोग, यसको उपचार प्रविधि, नेपालमा मुटु रोग र इतिहास आदि आयामबारे प्रिजेन्टेसन दिएका छन् ।
दोश्रो चरणको सेन्टिफिक सेसनको अध्यक्षता डा. पारस सिंह र डा. सुधीर लोहनीले गरेका छन् । यस सेसनमा डा. धिरज त्रिपाठी, डा. अनिल गुरुङ, डा. राजु सापकोटा र डा. भाद्री सुवेदी ‘कि स्पिकर्स’ छन् ।
बेलायतका पहिलो नेपाली वित्तिय सल्लाहकार (इन्डिपेन्टेन्ट फाइनान्सियल एडभाइजर) मिन दर्लामीको प्रस्तुति समेत छ । ए स्टार फाइनान्सियल सोलुसन्स यूकेका निर्देशक दर्लामीले ‘इन्हेरिटेन्स टयाक्स एण्ड होलिस्टिक फाइनान्सियल प्लानिङ’ बारे प्रिजेन्टेसन दिनेछन् ।
शनिबारै असोसिएसनको वार्षिक साधारण सभा समेत हुने कार्यक्रम छ । राजदूत डा. दुर्गाबहादुर सुवेदी शनिबार सांझ आइपुग्दैछन् । नेपाली समुदायमा त्यति घुलमिल नहुने असोसिएसनले नेपालमा भने स्वास्थ्य शिविर, वर्कसप तथा मानवीय सहायता सम्बन्धि उल्लेख्य काम गरिरहेको छ ।
सन् १९८५ मा स्थापित उक्त संस्थाले महाभूकम्पपछि गोरखा र धादिङमा विद्यालय पुनर्निर्माण समेत गरेको छ । नियमित च्यारिटी गरि संकलित रकम नेपालमै खर्च गर्ने गरिएको उपाध्यक्ष डा. रमेश खोजुले जानकारी दिए ।
गायक तथा सर्जक वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ बजारमा
एनआरएनका लागि नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा अलग्गै डेस्क राखिने
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की
यी हुन् प्रतिनिधिसभा समानुपातिकतर्फ निर्वाचित ११० सांसदको नाम [सूची]
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ : डा. केसी
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने