सगुन टिम बेलायतका विभिन्न शहरमा

लन्डन । सोसियल इकमर्स साइट सगुनमा लगानीको समयसीमा थोरै बांकी रहंदा सगुनको बेलायत टिम विभिन्न शहरमा पुगेको छ । सगुनमा लगानीको अन्तिम समयसीमा २६ जुलाई २०१८ कायम गरिएकाले प्रवर्धकहरु अन्तिम समयमा व्यस्त छन् । सगुनमा लगानी गर्न इच्छुकलाई त्यसबारे विस्तृत जानकारी दिन र लगानीतर्फ उत्प्रेरित गर्न सगुन टिमले नयां 
रणनीति अपनाएको हो ।

सोमबार बेलायतको प्लेमाउथमा सगुन अन्तरसंवाद गरियो भने यही बिहीवार वेल्समा गर्ने कार्यक्रम छ । गत साता फार्नबोरोमा यस्तो कार्यक्रम भएको थियो । प्लेमाउथमा आयोजित कार्यक्रमका लागि सगुन बेलायतका सल्लाहकार सूर्य गुरुङ र यूके संयोजक युवराज सेढाईं त्यहां पुगेका थिए । व्यवसायी एवं समाजसेवी राजु आचार्य र दीपक ढकालले संयोजन गरेको उक्त कार्यक्रममा गुरुङ र सेढाईंले सगुनमा लगानी प्रक्रिया, यसको कन्सेप्ट, भावी योजना र यस्तो इनोभेटिभ आइडिया कसरी नेपालीले शुरु गरे जस्ता विभिन्न शीर्षकमा प्रिजेन्टेसन दिएका थिए ।

‘त्यहांको नेपाली समुदायमा कतिपयलाई सगुन नेटवर्किङ विजनेश भन्ने भ्रम परेको रहेछ’, सल्लाहकार गुरुङले भने, ‘हामीले सगुन अमेरिकामा दर्ता भएको स्टार्ट अप कम्पनी हो भन्नेबारे प्रष्टयाउंदा साथीहरु विश्वस्त हुनुभयो । म अरु साथीहरुलाई पनि यसबारे प्रष्ट भइदिन आग्रह गर्छु ।’

गत वर्ष सन् २०१७, जुलाई २७ मा अमेरिकी निकाय ‘सेक्युरिटीजएण्ड एक्सचेन्ज कमिसन’ को कानुनी अधिनमा रहि सगुनले मिनी आइपिओ मार्फत २० मिलियन डलर उठाउन पाउने अनुमति पाएको र उक्त कमिसनले नै अन्तिम समयसीमा निर्धारण गरेको सहभागीलाई प्रष्टयाइएको थियो ।

कार्यक्रममा सगुनका यूके सल्लाहकार गुरुङ र संयोजक सेढाईंले लगानीको अन्तिम अवसर भएकाले यसबारे विचार गर्न विश्वभर छरिएर रहेका नेपालीहरुलाई आव्हान गरेका छन् । गुरुङले बेलायतमा कयौं सामाजिक अभियन्ताले यसमा लगानी गरिसकेको र त्यो लगानी विश्वमा नेपालको पहिचान स्थापित गर्न नेपालीले शुरु गरेको अभियानका लागि एउटा सहयोग समेत भएको धारणा राखेका थिए ।

सुरुका दिन दुई मिलियन डलर भ्यालु रहेकामा अहिले ९३ मिलियन डलर पुगेको दावी सगुनको छ । सन् २०२२ सम्म यसलाई न्यूयोर्क स्टक एक्सचेन्जमा पुरयाउने लक्ष्यसहित प्रवर्धकहरु जुटेका छन् ।

अमेरिका बस्ने नेपालीले सुरु गरेको सगुनको मिसन ‘कनेक्ट, शेयर, अर्न’ छ । उत्तर कोरिया र इरानबाहेक विदेशमा रहेका नेपालीले डेबिट र क्रेडिट कार्डमार्फत कम्तीमा एक हजार डलरको शेयर खरिद गर्न सक्नेछन् ।

सगुनमा हालसम्म ३५ सय भन्दा बढि लगानीकर्ताले पांच मिलियन डलर लगानी गरिसकेको र भारतीय मिडिया हाउस हिन्दूस्तान टाइम्सले पांच मिलियन डलर लगानी गर्ने घोषणा गरिसकेको सगुनले जनाएको छ । लगानीकर्ता संख्या ८ हजार पुगे सगुन संसारकै सबैभन्दा ठूलो स्टार्ट अप कम्पनी बन्ने विश्वास सगुनको छ ।

भारतमा समेत कार्यालय रहेको सगुनमा भारतीय चर्चित मिडिया सेलिब्रेटी मन्दिरा वेदीले लगानी गर्ने घोषणा गरिसकेकी छन् ।

हाल प्रविधि विकास, बजार प्रवर्धन र विज्ञ पदपूर्तिलाई केन्द्रमा राखेर अगाडि बढिरहेको सगुनले केही महिनाअघिमात्र दिल्लीमा ‘एन्ड्रोयड एप’ सार्वजनिक गरेको थियो । उसको ‘एन्ड्रोयड एप’ दश लाख बढि डाउनलोड भइसकेको छ । सगुनले गिफ्ट र सपिङका लागि निकट भविष्यमा ‘सोसियल स्मार्ट कार्ड’ ल्याइने समेत जनाएको छ ।

सगुनबारे केही जिज्ञासा भए आफूहरुलाई 07795518228, 07875645133 मा सम्पर्क गर्न 
गुरुङले आग्रह गरेका छन् ।

सगुनमा लगानी गर्न तलको लिंकमा जानुहोला-

https://www.sagoon.com/invest

प्रतिक्रिया

सम्बन्धित सामाग्री