काठमाडौँ-विश्वकप फूटबल प्रतियोगिताअन्तर्गतको क्वाटरफाइनल खेल भोलि शुक्रबारदेखि शुरु हुने भएको छ ।
रसियामा जारी उक्त प्रतियोगिताअन्तर्गत शुक्रबार दुई खेल हुनेछन् जसमा पहिलो खेलमा नेपाली समयअनुसार ७.४५ बजे उरुग्वेले फ्रान्सको सामना गर्नेछ भने दोस्रो खेल राति ११.४५ बजे ब्राजिल र बेल्जियम आमनेसामने हुनेछन् । जारी प्रतियोगितामा उरुग्वेले पोर्चुगललाई २–१ ले पराजित गर्दै क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको थियो ।
यता फ्रान्स भने गत संस्करणको उपविजेता अर्जेन्टिनालाई ४–३ ले पाखा लगाउँदै क्वाटरफाइनलमा पुगेको हो । उरुग्वे र फ्रान्स विश्वकपका पूर्व विजेतासमेत हुन् ।
क्वाटरफाइनलको यात्रा तय गर्ने सिलसिलामा पाँच पटकको विश्वकप विजेता ब्राजिलले मेक्सिकोलाई २–० गोलअन्तरले पराजित गरयो भने बेल्जियमले जापानलाई ३–२ गोलअन्तरले हराएको थियो ।
यही असार २३ गते शनिबार राति ७.४५ बजे तेस्रो क्वाटरफाइलन खेलमा स्वीडेन र इङ्ग्यान्ड भिड्नेछन् भने चौथो तथा अन्तिम खेल राति ११.४५ बजे आयोजक रुस र क्रोसिया आमनेसामने हुनेछ । उक्त खेलका विजेता टोली विश्वकपको सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनल खेल असार २६ र २७ गते हुनेछ ।
नेपालमा सवा ९ लाख मतदाता थपिए
मदनकृष्ण श्रेष्ठको स्वर र अभिनयमा ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक
नेपालमा मन्त्रिपरिषद् विस्तार, परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा नियुक्त
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी