संजय दत्तको बायोपिक सिनेमा ‘सन्जु’ को एक संवादलाई लिएर रणवीर कपुर र अनुष्का शर्मा विरुद्ध महिला आयोगमा उजुरी परेको छ । उजुरीकर्ताकाअनुसार फिल्ममा रणवीर–अनुष्काले एक सिनमा यौनकर्मीका लागि अपमानजनक शब्द प्रयोग गरेका छन् ।
उजुरीकर्ताकाअनुसार ‘सन्जु’ को ट्रेलरमा अनुष्का रणवीरलाई सोध्छिन्, ‘तिमी आफ्नी श्रीमतीका अलवा अरु कति महिलासँग सुतेका छौं ?’ यसमाथि रणवीर भन्छन्, ‘यौनकर्मीको अलग गरिदिने हो भने २०८ जति याद छ, सेफ्टीका लागि ३ सय ५० नै लेखिदेउ ।’
उजुरीकर्ताहरुले फिल्मको अर्को एक ‘डाइलग’ मा पनि आपत्ति जनाएका छन् ।
‘सन्जु’मा विक्की संजय दत्तको गुजराती साथी परेश घेलानीको भूमिकामा छन् । एक सिनमा विक्कली सन्जयको रोल गरिरहेका रणवीरसँग भन्छन्, ‘हाम्रो गाउँमा एक कहावत छ । घी छे तो घपाघप छे । घी को मतलब पैसा र घपाघपको अर्थ सेक्स ।’
फिल्ममा अनुष्काले एक लेखिकाको भूमिका निभाएकी छिन् । फिल्ममा रणवीर, अनुष्का, विक्कीका अलावा परेश रावल, मनीषा कोइराला र सोनम कपुरले पनि महत्वपूर्ण भूमिका निभाएका छन् । निर्देशक राजकुमार हिरानीको यो फिल्म २९ जुनमा रिलिज हुनेछ ।
विदेशबाट मतदान अधिकारबारे तयार पारिएको प्रतिवेदन सार्वजनिक
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान