१६ औं गोर्खा कप भव्य, उपाधि मंगोलियन भाञ्जालाई

विजेता टिम मंगोलियन भान्जासहित अतिथी र प्रायोजकहरु खुशीयाली साट्दै

लन्डन । तमुधिं युकेले आयोजना गरेको १६ औं गोर्खा कप फुटबल प्रतियोगिताको नन भेट्रान तर्फको उपाधि मंगोलियन भाञ्जाले जितेको छ । अल्डरसटस्थित क्वीन्स् एभिन्यू खेल मैदानमा २७ मे आइतबार आयोजित खेलमा मंगोलियन भाञ्जा र ब्रिगेड बोइज क्लब (बीबीसी) फाइनलमा पुगेका थिए । निर्धारित समयमा दुवै टिमले कुनै गोल नगरेपछि थप समयको दोस्रो हाफमा मंगोलियन भाञ्जाले शून्यको विरुद्ध १ गोल प्रहार गरि गोर्खा कप उपाधि चुम्न सफल भएको हो ।

गत वर्ष पनि दुवै टिम फाइनलमा पुगी मंगोलियन भाञ्जाले जित हात पारेको थियो । विजेता टिम मंगोलियन भाञ्जालाई आइडिया फर नेपालकी इन्टरनेशनल डाइरेक्टर चिङचिङ र पूर्व मिस नेपाल सुगारिका केसीले २५०० पाउण्डको चेक प्रदान गरे । उपविजेता टिम बीबीसीलाई रबी एण्ड 
रविजंग ट्रष्टका रबि लामिछानेले १५०० पाउण्ड नगद पुरस्कार प्रायोजन गरेका थिए । मंगोलियन भाञ्जाका कप्तान तेजकुमार तुलाचनसहित खेलाडीको खर्च अल्डरसटमा ८ जुनदेखि खुल्न लागेको ‘ट्रुथ’ ककटेल बार व्यवस्थापनले स्पोन्सर गरेको थियो ।

भेट्रान क्याटेगोरिजतर्फ इलाम एफसी विजेता

प्रतियोगितामा नन भेट्रानतर्फ मंगोलियन भाञ्जाका सौगात गुरुङ ‘टप स्कोरर’ बन्न सफल भए भने मंगोलियन भाञ्जाकै सादिक लिम्बु ‘म्यान अफ दि म्याच’ घोषित भए । लिम्बुलाई माउसटेल वेव सर्भिसेजका मान गुरुङले गोर्खा घडी उपहार दिए ।

नन भेट्रानतर्फ ३२ र भेट्रानतर्फ १० टिमले भाग लिएको उक्त खेलको भेट्रान क्याटेगोरिजतर्फ इलाम एफसी विजेता बन्न सफल भयो । इलाम एफसी केन्ट एफसीलाई शुन्यको विरुद्ध १ गोल गरि विजेता बन्न सफल भएको हो । ३ पटकसम्म विजेता बन्न सफल भएको एफसी केन्टलाई गत वर्षको उपविजेता इलाम एफसीले यसपटक पराजित गरयो । विजेता इलाम एफसीलाई अनुग्रह ज्वलर्स अल्डरसटका सुनम राईले एकहजार दुईसय पाउण्ड नगद पुरस्कार प्रदान गरे भने उपविजेता एफसी केन्ट टिमलाई डिडी लण्डनका सुदन गुरुङले ८०० पाउण्डको चेक हस्तान्तरण गरे ।

त्यस्तै, भेट्रानतर्फको खेलमा इलाम एफसीका चोक गुरुङ ‘मेन अफ दि म्याच’ बन्न सफल भए भने एफसी केन्टका मोहन राई ‘वेष्ट स्कोरर’ बने । भेट्रानतर्फ ‘म्यान अफ म्याच’ बन्न सफल चोक गुरुङलाई राजु घले र राजेन्द्र प्रधानले पुरस्कार प्रायोजन गरेका थिए ।

विभिन्न व्यक्ति, उद्यमी, व्यापारीहरुले पुरस्कार प्रायोजन गरेको सो प्रतियोगितामा पीपल मोर्गेजका सूर्यप्रकाश गुरुङले ट्र्याकसुट र प्रवेश तथा कार पार्क टिकटको रिया मनी ट्रान्सफरले प्रायोजन गरेका थिए ।

विजेता तथा उपविजेता टिमका खेलाडीहरुलाई प्रमुख अतिथि स्थानीय मेयर स्टिभ मास्टरसन, नेपाली दूतावास लन्डनका उपनियोग प्रमुख शरदराज आरण, तमुधिं युकेका अध्यक्ष ज्ञाम गुरुङ, पूर्व अध्यक्षहरु, सल्लाहकारहरु, आजीवन सदस्यहरु, अतिथि र प्रायोजकहरुले नगद पुरस्कार, ट्रफी, शिल्ड र प्रमाणपत्र प्रदान गरेका थिए ।

१० हजार दर्शक सहभागी हुने अनुमान गरिएपनि गोर्खा कपमा अपेक्षा भन्दा बढि दर्शक उपस्थिति रहेको आयोजकको दावी छ । औपचारिक कार्यक्रमको शुरुमा ब्रिगेड व्याण्डले नेपाल र बेलायतको राष्ट्रिय धुन बजाएको थियो । सन् २००३ देखि प्रत्येक वर्ष लगातार हुंदै आएको गोर्खा कप प्रतियोगिताको स्तर बृद्धि हुनुका साथै बेलायतस्थित सिंगो नेपाली समुदाय र स्थानीय गैर नेपाली खेलप्रेमीहरुको यसप्रति आकर्षण बढ्दै गएको आयोजकको बुझाइ छ । फुटबल त बाहना मात्र थियो, धेरैजसो दर्शक खेल हेर्न भन्दा पनि भेटघाट, विभिन्न स्टल अवलोकन र खानाको स्वाद चाख्न व्यस्त देखिन्थे ।

यसवर्ष गोर्खा कपलाई ‘एफए कप’ ले थप आकर्षण बढायो । सो कपलाई आयोजक तमुधिं युकेले गुल्मेली नौमती बाजासाथ स्वागत गर्दै कार्यक्रम परिसर भित्र घुमाएको थियो । प्रवेशद्वार नजिकै प्रर्दशन गरिएको ‘एफए कप’ मा धेरै दर्शकले फोटो खिचाए । सो कप मैदानसम्म ल्याएर 
प्रदर्शनी गराउन सहारा युकेका अध्यक्ष मिन गुरुङको विशेष भूमिका थियो ।

विदेशी भूमिमा नेपालीले आयोजना गर्दै आएको इभेन्टमध्ये गोर्खा कपलाई सबभन्दा ठूलो इभेन्टको रुपमा लिने गरिन्छ । सुरक्षा संयन्त्र अत्यन्त व्यवस्थित गरिएको उक्त प्रतियोगितामा एम्बुलेन्स, 
प्रहरी, सेक्युरिटी, दमकल, फस्ट एड, अस्थायी चर्पी, कारपार्क व्यवस्थापन राम्रो थियो । १० वटा खानाको स्टल, ब्रिटिश आर्मीको ६ वटा स्टल सहित ४५ वटा विभिन्न व्यापारिक तथा च्यारिटेवल स्टलहरु राखिएका थिए । गोर्खा कपका अवसरमा सयपत्री कल्चरल ग्रुपको आर्कषक नृत्य, ब्रिगेड व्याण्ड डिस्प्ले, प्यारासुट डिस्प्ले, धनुष वाण र तेक्वान्दो समेत प्रस्तुत गरिएको थियो ।

हङकङ, बेल्जियम र हल्याण्डका नेपाली फुटबल टिमको समेत विशेष उपस्थिति रहेको सो खेलमा तमुधिं यूकेका आजीवन सदस्य, सल्लाहकार, कार्यसमिति, ईकाई, आमा समूह र युवाहरुले खेल सम्पन्न गर्न विशेष भूमिका निर्वाह गरे । सोही दिन तमुधिं युकेका अध्यक्ष ज्ञाम गुरुङको जन्मदिन परेकोले तमुधिं युके आमा समूहले संयुक्त रुपमा केक काटी शुभकामना दिए । सो अवसरमा प्रमुख अतिथि, विशेष अतिथि, अतिथि लगायत सबै सहभागीले ज्ञाम गुरुङलाई शुभकामना दिए ।

कार्यक्रममा रसमोर बरो काउन्सिलका मेयर स्टिभ मास्टरसन, नेपाली दूतावास लण्डनका उपनियोग प्रमुख शरदराज आरण, तमुधिं युके अध्यक्ष ज्ञाम गुरुङ र खेल संयोजक क्याप्टेन पिताम्बर गुरुङलगायतले मन्तब्य राख्दै गोर्खा कपले समुदायलाई एकै ठाउंमा ल्याएको धारणा राखे । यस खेलका कारण युवा प्रतिभाहरुको प्रतिभा प्रष्फुटनसहित स्थानीय व्यापार व्यवसाय वृद्धिमा समेत सहयोग पुगेको अतिथीहरुले बताए ।

प्रतियोगिताको औपचारिक कार्यक्रम महासचिव कृष्ण गुरुङले सञ्चालन गरेका थिए भने सहारा युकेका संस्थापक अध्यक्ष नवीन गुरुङले फाइनल खेलको ‘कमेन्टेटर’ भूमिका निर्वाह गरेका थिए ।

तमुधिं युकेका अध्यक्ष गुरुङले फुटबललाई किक हानेर उद्घाटन गरेको सो प्रतियोगितामा प्रमुख अतिथि, विशेष अतिथि, अतिथिहरुलगायत विभिन्न संघसंस्थाका प्रतिनिधि, ब्रिगेड अफ गोर्खा, प्रायोजक, स्थानीय प्रहरी, काउन्सिल र खेलप्रेमीहरुको उल्लेख्य उपस्थिति थियो ।

खेलकुद सचिव क्याप्टेन पिताम्बर गुरुङको संयोजकत्वमा सम्पन्न गोर्खा कपमा खेल टुर्नामेन्ट इन्चार्ज ले. रि. कुसाङ गुरुङ, सह इन्चार्ज कुमार गुरुङ, फण्ड रेजिङ संयोजक कमल गुरुङ, फण्ड रेजिङ सह-संयोजकहरु मोहन गुरुङ, कृष्ण गुरुङ, दिलरास गुरुङ, हेल्थ एण्ड सेफ्टी सल्लाहकारमा क्या. सूर्य प्रकाश गुरुङ, कन्ट्रोल सेन्टर संयोजकमा क्या. धन बहादुर गुरुङ, क्या. देव घले, जनसम्पर्कमा मेजर डमर घले एमबीइ, अर्थ संयोजकमा दिपक गुरुङ, सेक्युरिटी संयोजकमा ले. मुक्ति गुरुङ, सहसंयोजकहरुमा ओमेन्द्र गुरुङ, चन्द्रमान गुरुङ, मार्सल संयोजकमा उत्तर गुरुङ, सह-संयोजकमा शेरकाजी गुरुङ, मिडिया रेपमा रोहित गुरुङ, ट्रेडिङ संयोजकमा उपाध्यक्ष नन्दजंग गुरुङ, वातावरण संयोजकमा क्या तीर्थ गुरुङ, अतिथि सत्कार संयोजकमा मेजर कृष्ण गुरुङ, सहसंयोजक कुमार गुरुङ (लण्डन), प्रशासन संयोजकमा उपाध्यक्ष हित काजी गुरुङ, एचआर संयोजकमा महासचिव कृष्ण गुरुङ, सहसंयोजकमा सचिव तुलाराम गुरुङ, मनोरञ्जन संयोजक सांस्कृतिक सचिव क्रिस गुरुङ, युथमा राजेन गुरुङ, 
स्टोर्स संयोजकमा प्रोपर्टी संयोजक लैंच कुमार गुरुङ, कार्यसमिति, सल्लाहकार, आजीवन सदस्य र आमा समूहको संयोजनमा आमा समूहकी अध्यक्ष प्रेमालगायत आमाहरुले विशेष भूमिका खेलेका थिए ।

तस्विर- मिलन तमु

प्रतिक्रिया

सम्बन्धित सामाग्री