ललितपुर, ७ जेठ – काठमाडौँ उपत्यकामा भन्दा लुम्बिनीमा वायु प्रदूषणको मात्रा बढी पाइएको छ ।
वातावरण विभागले वायुको अवस्था मापन गर्ने स्टेशनको एक वर्षको तथ्याङ्क हेर्दा लुम्बिनीमा प्रदूषणको मात्रा बढी पाइएको हो ।
उद्योगले निकाल्ने धुवाँ र धुलोका कारण लुम्बिनीमा प्रदूषण बढी पाइएको विभागकी उपमहानिर्देशक सफला श्रेष्ठ बताउनुहुन्छ । काठमाडौँ उपत्यकामा सात, पोखरामा तीन, सौराहा, लुम्बिनी र धुलिखेलमा एउटा–एउटा स्टेशन छन् ।
गत वर्ष जडान भएको ती यन्त्रको एक वर्षको नतिजा हेर्दा सबैभन्दा लुम्बिनीमा वायु प्रदूषण बढी पाइएको हो । उहाँ भन्नुहुन्छ, “त्यस क्षेत्रमा भएका उद्योग नै प्रदूषण गराउने प्रमुख कारक भएको पाइएको छ ।”
सीमा नजिकका ठाउँमा छिमेकी मुलुकबाट समेत धुलोधुवाँ आउने सम्भावना हुन्छ । तर कति यहाँको धुलो र कति उताबाट आउँछ भन्ने अहिलेसम्म अध्ययन हुन सकेको छैन । उहाँ भन्नुहुन्छ, “कुन–कुन उद्योगले कति र कस्ता फोहर निकाल्छन् भन्ने विस्तृत अध्ययन गर्नुपर्छ ।” नेपालभित्रै भएका उद्योगको समेत कहाँ–कहाँ कस्ता उद्योग छन् र तिनले कस्ता प्रदूषण गराएका छन् भन्ने एकीकृत तथ्याङ्क छैन ।
सौराहा, पोखरा र धुलिखेलभन्दा काठमाडौँ उपत्यकामा वायु प्रदूषणको मात्रा बढी छ ।
काठमाडौँ उपत्यकामा भने गर्मी महिनामा भन्दा जाडो महिनामा वायु बढी प्रदूषित पाइएको छ । विभागले यो आर्थिक वर्षमा थप चार स्थानमा स्टेशन राख्ने योजना गरेको छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते