लन्डन । ब्रिटिश सांसदहरुले नेपाल भ्रमण गर्ने भएका छन् । ब्रिटिश संसदका सम्माननीय सांसदहरु तथा ब्रिटिश ग्रुप अन इन्टर पार्लियामेन्ट्री युनियनका सदस्य नाइजल इभान्सको नेतृत्वमा अन्य सांसद सदस्यहरु डेभिड मोरिस, केरी म्याकार्थी, बीरेन्द्र शर्मा, लर्ड बाल्फ डलिच, लर्ड ढोलाकिया र युनियनकी इन्टरन्यानशल प्रोजेक्ट म्यानेजर मिस इमिली डेभिज सम्मिलित एक उच्चस्तरीय प्रतिनिधिमण्डलले यही मे ६ देखि १२, मे २०१८ सम्म नेपालको भ्रमण गर्ने कार्यक्रम तय भएको हो ।
नेपाल भ्रमणको वखत उक्त प्रतिनिधिमण्डलले सम्माननीय राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, का.मु. प्रधान न्यायाधीश, परराष्ट्रमन्त्री, उर्जामन्त्री, महिला, बालबालिका र समाज कल्याणमन्त्री लगायत विशिष्ट व्यक्तिसंग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम रहेको लन्डनस्थित नेपाली दूतावासले बुधबार अपरान्ह जनाएको छ ।
संयुक्त अधिराज्यका लागि नेपाली महामहिम राजदूत डा. दुर्गा बहादुर सुवेदीले बुधबार (मे २ का दिन) ब्रिटिश संसदका सम्माननीय सदस्य नाइजल इभान्स तथा प्रतिनिधि मण्डलका सांसदहरु श्रीमती केरी म्याकार्थी, लर्ड ढोलाकिया र युनियनकी इमिली डेभिससंग उहांको कार्यकक्षमा शिष्टाचार भेट गरी सम्माननीय सांसदहरुको नेपाल भ्रमणको तयारीबारे जानकारी गराउनुभयो ।
उक्त भेटमा राजदूत डा. सुवेदीले ब्रिटिश सांसदहरुको नेपाल भ्रमणले द्विपक्षीय सहयोग र सम्बन्धलाई अझ थप मजबुत बनाउन उल्लेखनीय भूमिका रहने कुरा व्यक्त गर्नुभयो ।
नेपालमा निर्वाचन सफलतापूर्वक सम्पन्न भई संविधान कार्यान्वयन भएको र निर्वाचित सरकारले आर्थिक विकासलाई मूल लक्ष्य निर्धारण गरेको वर्तमान परिप्रेक्ष्यमा बेलायती सांसदहरुको यो भ्रमण सार्थक र उत्प्रेरक हुने विश्वास व्यक्त गर्दै राजदूत डा. सुवेदीले दुई मुलुकका सांसदहरुबीचको सम्बन्धले लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरणमा समेत मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रतिनिधिमण्डलका नेता सम्माननीय इभान्सले तीन तहको निर्वाचन शान्तिपूर्वक र सफलतापूर्वक सम्पन्न भई नयां सरकार निर्माण भएका बेला नेपाल भ्रमण गर्न पाउनु सुखद संयोग रहेको बताउनुभयो ।
आफ्नो भ्रमणपश्चात नेपालको आर्थिक र सामाजिक विकासमा थप सहयोगका निम्ति ब्रिटिश सरकारलाई सिफारिश गर्ने बताउंदै इभान्सले दुई सय वर्षभन्दा पुरानो घनिष्ट सम्बन्ध रहेको नेपालसंग ब्रिटिश सरकार र जनताको सधैं सद्भाव र सहयोग रहने विश्वास समेत व्यक्त गर्नुभयो ।
गायक तथा सर्जक वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ बजारमा
एनआरएनका लागि नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा अलग्गै डेस्क राखिने
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की
यी हुन् प्रतिनिधिसभा समानुपातिकतर्फ निर्वाचित ११० सांसदको नाम [सूची]
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ : डा. केसी
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने