लन्डन । लन्डनमा आयोजित ब्रिटिश ट्राभल एण्ड हस्पिटालिटी अवार्डसमा नेपालको प्राकृतिक सौन्दर्य चर्चाले महत्व पाएको छ ।
सेन्ट्रल लन्डनको प्रसिद्ध डरचेस्टर होटलमा सोमबार सांझ ब्रिटिश ट्राभल ट्रेड व्यवसायीहरु सहभागी अवार्डस कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपालको सौन्दर्य वर्णन गर्दै भ्रमण गर्न अपिल गरे ।
उनले सो अवसरमा ब्रिटिश पर्यटकहरुलाई स्वागत गर्न नेपाल तत्पर रहेको सन्देश पनि दिए । जोशीले भूकम्पको प्रभावबाट नेपाल फेरि पहिलेकै स्थितिमा फर्किएको र पर्यटकहरुकालागि पूर्णरुपमा सुरक्षित रहेको पनि विश्वास दिलाए ।
जोशीले गत वर्ष नेपाल जाने पर्यटकहरुको संख्यामा २६ प्रतिशतले वृद्धि भएको बताए । बहादुर गोर्खा सैनिकहरुको मुलुक नेपाल यात्रा गर्न संसारमै सबैभन्दा सुरक्षित रहेको बताउंदै उनले नेपाल एक आनन्दित र आध्यात्मिक मुलुक भएको पनि उल्लेख गरे । आफ्नो मन्तव्य भइरहंदा नेपालमा २५६२ औं बुद्धजयन्ती मनाइ संसारभरि बुद्धको सन्देश स्मरण गरिएको समेत उनले सम्झिए ।
उनले नेपालमा ८८४८ मिटर अग्लो सगरमाथा देखि समुद्रसतहबाट केवल ६० मिटर अग्लो भूभाग पनि रहेको र विविधताकालागि नेपाल संसारमै अद्वितीय रहेको बताए । संसारभरिकै मानिसहरुले नेपाललाई मन पराउने, अत्यन्तै विविधतायुक्त मुलुक र त्रिकोणात्मक झण्डा भएको एकमात्र मुलुक भएको पनि उनले बताए ।
पर्वतारोहणदेखि साइक्लिङसम्म, पदयात्रादेखि चरा अवलोकनसम्म, साहसिक पर्यटन देखि योग र ध्यानकालागि पनि नेपाल लोकप्रिय गन्तव्य भएको उनले बताए ।
नेपाल तथा बेलायतबीच २०० वर्ष पुरानो सम्बन्ध रहेको र त्यो आपसी मित्रता र सहयोगमा आधारित रहेको बताउंदै उनले नेपालमा सन् २०१५ मा गएको विध्वंशकारी भूकम्पपछि बेलायती राजकुमार हयारी नेपालको ५ दिने भ्रमणमा गएपनि पछि आफ्नो भ्रमणलाई लम्ब्याएर ११ दिनसम्म नेपालमा रमाएको उनले स्मरण गरे ।
सयौं सहभागी उक्त अवार्डस कार्यक्रममा सस्टेनेवल विजनेश अवार्ड, विजनेश अचिभमेन्ट अवार्ड, योङ ट्राभल म्यानेजर अफ दि इयर, योङ ट्राभल इन्टरप्रिनर अफ दि इयर, योङ हस्पिटालिटी म्यानेजर अफ दि इयर, योङ हस्पिटालिटी इन्टरप्रिनर अफ दि इयर लगायत अवार्ड वितरण गरिएको थियो ।
कार्यक्रममा नेपाली दूतावासका उपनियोग प्रमुख शरदराज आरण, नेपाल पर्यटन बोर्डका यूके प्रतिनिधि पशुपति भण्डारी, नेपाल पर्यटन बोर्ड डेनमार्कका मानार्थ प्रतिनिधि सोम सापकोटा, बुद्ध फाउण्डेशन युकेका अध्यक्ष दीपक श्रेष्ठलगायत सञ्चारकर्मीहरुको पनि सहभागिता थियो ।
तस्विरहरु- शिव भण्डारी
बेलायतमा ग्रेटर रसमोर नेपाली कम्युनिटीले मनायो नयाँ वर्ष
इलाम समाज बेलायतमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा धनबहादुर राई
खाडी क्षेत्र तनाव चुलिँदै, वार्ता अन्योलमा
यस्तो छ नेपालका प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण
हाङपाङ समाज यूकेको अध्यक्षमा मेदिनी फोम्बो
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
एनआरएनए पदाधिकारी र नेपाल पत्रकार महासंघबीच भेट, गैरआवासीय नेपालीका मुद्दालाई प्राथमिकता दिइने