
लन्डन । बेलायतमा स्थापित ‘सयपत्री नेपाली सांस्कृतिक समूह यूके’ मा नयां नेतृत्व चयन भएको छ । सप्ताहन्त सम्पन्न समूहको साधारणसभाले डम्बर सिंहको अध्यक्षतामा सर्वसम्मत नयां कार्यसमिति चयन गरेको हो । नयां कार्यसमितिको उपाध्यक्षहरुमा दीपक शाही र प्रभु गुरुङ, सचिव गौरव क्षेत्री, उपसचिव दीपक खड्का, कोषाध्यक्ष दीपक जिसी, सहकोषाध्यक्ष गिता केसी चयन भएका छन् ।
त्यसैगरि बोर्ड सदस्यहरुमा अविसा गुरुङ, अस्बिन शाही, डिबी सुनार र दिनेश अर्याल चयन भए ।
‘नेपाली कला संस्कृति नै राष्ट्रको पहिचान हो’ भन्ने मुल नारा बोकेर स्थापित उक्त समूहले बेलायतका अधिकांश स्टेज कार्यक्रममा नाचगानमार्फत नेपाली कला संस्कृति प्रस्तुत गर्दै आएको छ ।
नवनियुक्त अध्यक्ष सिंहले आफ्नो संस्था गैर राजनैतिक, गैर साम्प्रदायिक एक विशुद्ध सामाजिक संस्था भएको बताउंदै सबै नेपालीहरुको साझा घर भएको उल्लेख गरेका छन् ।
‘हामी विदेशमा केवल तन लिएर आएका छैनौं, नेपाली मन र नेपालीपन पनि लिएर आएका छौं’- अध्यक्ष सिंहले भने, ‘कर्मभूमि जहां भएपनि नेपाली मन र नेपालीपनमा जिउनु पर्छ र हाम्रो कला र संस्कृतिको जगेर्ना र सम्वर्धन गर्नुपर्छ । यो नै हाम्रो पहिचान हो । जसलाई सयपत्री नेपाली सांस्कृतिक समूह यूके ले आत्मसाथ गरेको छ ।’
समूहका संस्थापक अध्यक्ष एल बी गुरुङले नयां निर्वाचित कार्यसमितिलाई वधाइ तथा शुभकामना दिएका छन् ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार