बाजुरा-बाजुराको कोल्टीमा नेपाली सेनाको विमान दुर्घटना भएको एक वर्ष बित्न लाग्दा पनि कोल्टी विमानस्थलको धावनमार्गबाट दुर्घटना क्षतिग्रस्त विमान अझै हटाइएको छैन ।
गत जेठ १६ गते दुर्घटना भएको उक्त विमान विमानस्थलको धावनमार्ग अगाडि राखिएको छ । क्षतिग्रस्त विमान कोल्टी विमानस्थलमा छ । विमानस्थलमा अवतरण र उडान हुने तारा गोमा, मकालुलगायतका जहाजका पाइलट र यात्रुले सजिलै देख्ने गरेका छन् ।
गत जेठमा भएको उक्त दुर्घटनामा नेपाली सेनाका विमान चालक कौशल गुरुङको घटनास्थलमा नै मृत्यु भएको थियो भने सहचालक एक जना गम्भीर घाइते भएका थिए । जेठ १६ गते मंगलबार दिउँसो १२ बजेर २० मिनेटमा नेपाली सेनाको सामान बोकेको विमान कोल्टी विमानस्थल नजिकै अवतरणका क्रममा दुर्घटना भएको थियो ।
दुर्घटना भएको विमानमा आगो लागेको थियो । स्थानीयवासी र नेपाल प्रहरीले आगो निभाएर घाइतेको उद्धार गरेका थिए । एनए ०४८ कल साइनको नेपाली सेनाको उक्त विमान सुर्खेतबाट हुम्लाको सिमीकोटका लागि सामान बोकेर उडेको थियो । सिमीकोटमा मौसममा खराबी आएको भन्दै उक्त जहाज कोल्टीका लागि ‘डाइभर्ट’ भएको थियो ।
दुर्घटना भएको जहाज नहटाउँदा अन्य जहाजका चालकलाई समस्या हुने गरेको कोल्टीमा रहेका विभिन्न जहाज कार्यालयहरुले बताएका छन् । यता नागरिक उड्डयन कार्यालय कोल्टीले विमान हटाएर अन्यत्र राख्ने ठाउँ नहुँदा धावनमार्गको छेउमै राखेको बताएको छ ।
नेपालको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्रमन्त्री खनाल
इरानी आकासबाट अमेरिकी युद्धक विमान खसालियो, चालकको उद्धार
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
प्रतिनिधिसभाको सभामुखमा रास्वपा उपसभापति डोलप्रसाद अर्यालको उम्मेदवारी दर्ता
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेद्वारा विरोधका कार्यक्रम घोषणा [विज्ञप्तिसहित]