एकाबिहानै
बादलुको पर्दा खोलेर
किरणको जुलुस
शुभकामना बोकेर
वसन्तको ध्वजा पतका फहराउन
हर्ष, उल्लास, उमंगमा
खातका खात
योजनाका गाताहरु बोकेर
शान्तिको लालीमा
खेत, पाखा, आली, कान्ला
घर, आंगनमा छर्न
आरोह, अवरोहको यात्रामा
सुख,सम्वृद्धि, आरोग्यताको
मन्द पवनमा
करोडौं मुटु चलोस् भनेर
आउंदैछ नयां वर्ष २०७५
अनुपम स्वर्णीम शुभकामना बोकेर …
त्यसैले तिमी
स्वच्छ मन, वचन र कर्मले
मनका तरंगहरु
मायाका बिम्बहरु
मुटुका स्पन्दनहरु
सोचका अलंकारहरु
इन्द्रेणीले श्रृंगारेर
उत्कृष्ठ उत्सर्गमा
शान्तिको स्वाशमा
निरन्तर मुटु खेलोस् भनेर
स्वर्णीम मंगल कलश राखेर
मनका झ्यालहरु खोल
मनका ढोकाहरु खोल
मनका कन्तुरहरु खोल
जीवनको खेत पाखाहरुमा
धर्म, कर्म आशा भरोसाका
र संस्कृतिका कोदाली चलाउंदै
प्रज्वलित स्वच्छ विचारका पालुवाहरु
विश्वासको पवित्र मन्दिरमा फक्राई रहन
शान्तिमा जीवन सगरमाथा उठाउन
र
इन्द्रेणीका गाउं शहर बस्तीहरुमा
शान्तिको ज्योती फिंजाउन
अनि
आगो र पानीको
विजय उत्सव मनाउन …!
आउंदैछ नयां वर्ष २०७५
स्वर्णीम शुभकामना बोकेर
हाम्रो तिमीलाई, उसलाई, सबैलाई
हार्दिक मंगलमय शुभकामना
शुभकामना, शुभकामना शुभकामना
नयां वर्ष २०७५ सालको
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते