
मिस नेपाल वल्ड २०१८ की विजेता शृङखला खतिवडा, मिस नेपाल युनिभर्स मनिता देवकोटा, मिस नेपाल अर्थ प्रिया सिग्देल र मिस नेपाल इन्टरनेसनल रोनाली अमात्य । तस्बिर – प्रदीपराज वन्त, रासस
काठमाडौं । मिस नेपाल–२०१८ को उपाधि श्रृंखला खतिवडाले जितेकी छन् । द हिडन ट्रेजरले बुधबार सांझ काठमाडौंमा आयोजना गरेको २३ औं संस्करणको मिस नेपाल–२०१८ उपाधि हेटौंडाकी २२ वर्षीया खतिवडाले जितेकी हुन् । उनलाई ‘मिस नेपाल वल्ड’ निकिता चण्डकले क्राउन पहिरयाइदिइन् ।
काठमाडौंको अन्नपूर्ण होटलमा आयोजित ग्रान्ड फिनालेमा २० देखि २४ वर्ष उमेर समूहका २५ जना प्रतिस्पर्धी थिए । गोरखाकी मनिता देवकोटा मिस नेपाल युनिभर्स, काठमाडौंकी प्रिया सिग्देल मिस नेपाल अर्थ र काठमाडौंकै २२ वर्षीया रोनाली अमात्य मिस नेपाल इन्टरनेसनल घोषित भए ।

काठमाडौँमा बुधबार मिस नेपाल २०१८ की विजेता शृङखला खतिवडालाई ताज लगाउँदै पूर्वमिस नेपाल नितिका चाण्डक। तस्बिर – प्रदीपराज वन्त, रासस
यस वर्षको ‘मिस नेपाल २०१८’ मा सुनिल शाक्य, भावना घिमिरे, रविन्द्र मिश्र, अशिष्मा नकर्मी, श्रीहर राना, प्रतिष्ठा अमात्य विष्ट, दीपक विष्ट, निकिता पौडेल, इभाना मानन्धर र राजुविक्रम शाह निर्णायकको रुपमा थिए ।
प्रतियोगितामा विभिन्न १२ विधामा टाइटल अवार्ड पनि दिइएको थियो ।
टाइटल अवार्डका विजेताहरु-
ब्युटिफूल हेयर- श्रृंखला खतिवडा
मिस फ्रेन्डसिप- साहारा लामा
मिस फोटोजेनिक- महिमा सिंह
मिस पङचुअल- लक्ष्मी पौडेल
मिस इन्टेलेक्चुअल- आश्मा ढुंगाना
मिस वेष्ट ऐथ्लिट- मेघा श्रेष्ठ
मिस कन्फिडेन्ट- आस्था साख
मिस फाससिनो- श्रृंखला खतिवडा
मिस ग्ल्यामर- मनिता देवकोटा
मिस पपुलर च्वाइस- सन्ध्या अधिकारी
मिस ट्यालेन्ट- रोनाली अमात्य
ब्यूटी वीथ द परपोज- प्रिया सिग्देल
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?