काठमाडौँ-न्याय परिषद्को बैठकले भावी प्रधानन्यायाधीशका लागि सर्वोच्च अदालतका वरिष्ठतममध्ये तीन न्यायाधीशको अभिलेख संवैधानिक परिषद् पठाउने निर्णय गरेको छ ।
परिषद्को मंगलबार बसेको बैठकले प्रधानन्यायाधीशका लागि सर्वोच्च अदालतका वरिष्ठमध्येका तीन न्यायाधीशहरुमा कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशी, न्यायाधीशद्वय ओमप्रकाश मिश्र र चोलेन्द्रशम्शेर राणाको नाम संवैधानिक परिषद्मा पठाउने निर्णय गरेको परिषद्का सदस्य पदम वैदिकले जानकारी दिए ।
पूर्व प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामापछि प्रधानन्यायाधीश पद रिक्त छ । प्रधानन्यायाधीशका लागि सर्वोच्च अदालतमा तीन वर्ष काम गरेको पुग्नुपर्ने कानूनी व्यवस्था छ । जोशी, मिश्र र राणाले तीन वर्ष काम गरिसकेका छन् ।
नेपालको संविधानमा न्याय परिषद्ले पठाएको न्यायाधीशहरुको अभिलेखअनुसार संवैधानिक परिषद्ले प्रधानन्यायाधीशको नाम सिफारिस गर्ने व्यवस्था छ ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार