
प्रदेश नं. ४ को सोमवार विस्तारित मन्त्री परिषदका नवनियुक्त मन्त्रीत्रय किरण गुरुङ, नरदेवी पुन र विकास लम्साल पद तथा गोपनीयताको सपथग्रहण गर्दै । उहाँहरुलाई प्रदेश प्रमुख बाबुराम कुँवरले सपथग्रहण गराउनु भएको हो । तस्बीर- हरि बास्तोला, पोखरा, रासस
पोखरा, १२ चैत – प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वी सुब्वा गुरुङले आज मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ ।
पुनःगठित एवं विस्तारित मन्त्रिपरिषद्मा पृथ्वीसुब्वा गुरुङ मुख्यमन्त्री, किरण गुरुङ आर्थिक मामिला तथा योजनामन्त्री, हरिबहादुर चुमान आन्तरिक मामिला तथा कानुनमन्त्री, रामशरण बस्नेत भौतिक पूर्वाधार विकासमन्त्री, नरदेवी पुन सामाजिक विकासमन्त्री, विकास लम्साल उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री र लेखबहादुर थापा भूमिसुधार तथा व्यवस्थामन्त्री रहनुभएको छ ।
प्रदेश प्रमुख बाबुराम कुँवरले नवनियुक्त मन्त्रीलाई आज पद तथा गोपनीयताको शपथ गराउनुभयो । तेस्रो पटक गरिएको मन्त्रिपरिषद् पुर्नःगठन एवम् विस्तारसँगै प्रदेश नं ४ को मन्त्रिपरिषद्ले पूर्णता पाएको छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
नेपाल सरकार श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
ऊर्जामन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
सञ्चारकर्मी टीकाराम यात्री बेलायतस्थित ए स्टार मोर्गेजेजको ‘ब्रान्ड एम्बास्डर’ नियुक्त
भेनेजुएलाको राजधानीमा विस्फोट, अमेरिकी हस्तक्षेपको आरोप, के-के छन् घटनाक्रम ?