लण्डन। साउथहल विश्व हिन्दू मन्दिरमा नयाँ वर्ष वसन्त उत्सव तथा धार्मिक अनुष्ठान हुने भएको छ ।
बेलायतस्थित पश्चिम लण्डन पण्डित समूहले आउँदो २०७५ वैशाख १ गते शनिबार तदनुसार १४ अप्रिल सन् २०१८ का दिन कार्यक्रम गर्ने भएको हो । बिहान १० देखि दिउँसो ४ बजेसम्म कार्यक्रम हुनेछ ।
उक्त समारोहमा सत्यनारायण पूजा, ब्रत कथा, ग्रह शान्ति तथा भजन कीर्तन र १६ वर्ष मुनिका वालवालिकाको धार्मिक चित्रकला प्रदर्शन हुने पश्चिम लण्डन पण्डित समूहका पं. चिरञ्जीवि ढकालले जानकारी दिए ।
पश्चिम लण्डनका पण्डितहरुले हालै श्री पशुपतिनाथ सनातन मन्दिर दर्ता गरि निकट भविष्यमा हिन्दू मन्दिर निर्माण गर्ने योजना बनाएका छन् ।
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक